सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रधानमन्त्री ओलीका तीनजना सल्लाहकारमा कोरोनाभाइरस सङ्क्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारले आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् एवं प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् आफूमा सङ्क्रमण भएको जनाएका हुन्।

सूर्य थापाले फेसबुकमा लेखेका छन्: “हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।”

Twitter पोस्ट समाप्त, 1

यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्यजाँचमा निकट रूपमा संलग्न चिकित्सक दिव्या सिंह शाहलाई समेत सङ्क्रमण देखिसकिएको छ।

बीबीसीसँग कुरा गर्दै थापाले आफूहरूमा कुनै लक्षणहरू भने नदेखिएको र आफूहरू घरमै आइसोलेशनमा बसेको बताए।

प्रधानमन्त्रीको अवस्था के छ?

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको समय समयमा कोरोनाभाइरस परीक्षण हुने गरेको बीबीसीलाई बताए।

“हिजो हामीहरूले परीक्षण गर्दा भने प्रधानमन्त्रीको स्वाब लिइएको थिएन। चिकित्सकहरूको सल्लाह अनुसार पुन: प्रधानमन्त्रीको समेत जाँच गर्न सकिनेछ।”

यसबीचमा प्रधानमन्त्रीले आफ्ना भेटघाटलाई सीमित पारेको र आफूहरूले भेट्दा समेत सावधानी अपनाउने गरेको सल्लाहकार थापाले बताए।

उनले थपे: “पछिल्ला दिनमा प्रधानमन्त्री आइसोलेशन जस्तै अवस्थामा हुनुहुन्छ।”

यो Twitter पोस्ट छोड्नुहोस्, 2

तर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक कार्यक्रमलाई अनलाइनमार्फत् सम्बोधन गर्दा प्रेस सल्लाहकार सूर्य थापा उनको नजिकै बसेको तस्बिर उनकै ट्विटरमा देखिएको थियो।

जसमा थापाले मास्क लगाएका थिए तर प्रधानमन्त्रीले भने लगाएका थिएनन्।

प्रधानमन्त्रीका एकजना स्वकीय सचिव र बालुवाटारका सुरक्षाकर्मी र सवारी चालकसहित अन्य केहीमा समेत सङ्क्रमण देखिएको बताइएको छ।

News Source : BBC

  • १८ आश्विन २०७७, आईतवार १७:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU