कैलालीमा एक थुनवाद्धारा हिरासतभित्र आत्महत्या
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एक थुनुवाले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन्। भाद्र २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन।
उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। प्रहरी नायव उपरीक्षक विष्टले घटनासम्बन्धी अनुसन्धान भइरहेको बताएका छन् ।
तर मृतक बिकका बुवा टेकबहादुर बिकले आफ्नो छोरोको आत्महत्या नभएर कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । मृतक बिककी आमा मनु बिकले छोरालाई मारेको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया