कैलालीमा भोली राती १२ देखी पुनः लकडाउन
धनगढी । कैलालीमा बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन्। अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका बाहेक अन्य नीजि तथा सार्वजनिक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।
सम्पुर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा रोक लगाईने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। यस्तै डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटर तथा रेष्टुरेन्ट खोल्न पाईने छैन्।
खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिनेछ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक







तपाइँको प्रतिक्रिया