सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझाङको जयपृथ्वी राजमार्ग अबरुद्ध

डीबी विष्ट, बझाङ । बझाङ सदरमुकाम चैनपुर जोड्ने एक मात्रै खाड्पे बझाङ सडक जयपृथ्वी राजमार्गको तमैलको जाले बगरमा सेति नदीले सडक कटान गरेको पाँच दिन वितिसक्दा पनि सडक सुचारु हुन सकेको छैन । भत्केको सडक र्ममत नभएपछि जिल्ला भित्र चल्ने यातायातका साधनहरु विच बाटोमा नै रोकीएकादा यात्रुहरुलाई सास्ति भएको छ । सडक मर्मत गर्ने सडक डिभिजन कार्यलय बैतडीले काम छिटो छरीतो नगरेका कारण समस्या भएको हो । गएको सोमबार सेति नदीमा ठुलो बाढी आएपछि तमैलको जाल्या बगरमा २० मिटर सडक नदीले कटान गरी भत्काएको थियो । जिल्लाको सदरमुकाम जोड्ने सडक अबरुद्ध भएको ५ दिन विती सक्दा पनि सम्बन्धि निकायले चाँसो नदिएको हुँदा जिल्ला बासी सबैलाई समस्या भएको स्थानीय शिबराज रोकायाले बताए ।
अहिले चैनपुर बाट गएका सवारीका साधनहरु तमैलमा नै रोकीने गरेका छन् भने जिल्लाको तल्लो क्षेत्र विथ्थडचिर बुंगल नगरपालिकाका लगायतका स्थतानीय तहहरु बाट आएका सवारीका साधनहरु परीगालमा नै रोकीने गरेका छन् । सडक भत्कीएर यतायातका साधनहरु गतब्यमा पुग्न नसक्दा यात्रुहरुलाई सवारी साधन बाट झरेर हिड्नु पर्ने , सामान ढुवानी गर्नु पर्ने विरामीहरुलाई बोकेर लिनु पर्ने जस्ता समस्या देखीएको स्थानीयले गुनासो गरेका छन् । नदीले सडक कटानका गरेका कारण आवत जावत गर्न समेत समस्या भएको स्थानीयले बताएका छन् ।
कैलाली धनगढी बाट खाद्यान्न लिएर आएका मालवाहग ट्रक पनि सदरमुकाम आउन नसक्दा भाँडेबजार, बगडगाँउ लगायतका स्थानमा रोकीएका छन् भने सदरमुकाम चैनपुर बाट कैलाली तथा बाहीर जिल्ला जानु पर्ने मालवाहक ट्रक पनि सदरमुकाम चैनपुर र तमैल बजारमा रोकीनु परेको छ ।
सडक अबरुद्धका कारण सदरमुकाम चैनपुरमा तराई बाट आयात हुने तरकारी खाद्यान्न नआएपछि बजारमा दैनिक उपभोग्य बस्तुहरुको समेत अभाव हुने देखीएको छ ।
सडक डिभिजन कार्यलय बैतडीका प्रमुख रमेश चौधरीले सडकमा बढी क्षेती भएका कारण मर्मत गर्न केही समय लागेको बताउदै अबको २।३ दिन भित्र सडक सुचारु हुने बताए । यता प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पनी आफ्नो तह बाट ताकेता भै रहेको बताए । खाड्पे बझाङ सडक जयपृथ्वी राजमार्ग हेर्ने निकाय सडक डिभिजन कार्यलय बैतडी भएकाले त्यहाँ बाट बझाङ सडकको समस्या छिटो छरीतो नहुने हुँदा बझाङमा नै सडक डिभिजन कार्यालय राख्नु पर्ने जिल्ला बासीको माग रहेको छ ।

  • ३१ श्रावण २०७७, शनिबार १४:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU