स्थानिय सभाको बैठक सम्पन्न
मसुरिया । कैलालीको गौरीगंगा नगरपालिका ९ मसुरीयामा स्थानिय सभाको बैठक सम्पन्न भएको छ ।
कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले लागु भएको स्थानिय सभा बैठक सम्पन्न भएको हो ।
सामाजिक दुरी कायम गरेर स्थानिय सभाको बैठक भएको थियो ।
नगरपालिकाको कृषि शाखामा एक वर्ष देखी कृषि अधिकृति नभएको, किसानहरुले अहिले सम्म मल नपाएको र एक वर्ष देखी बजार अनुगमन नभएको स्थानिय सभामा सहभागी भएकाहरुले बताएका थिए ।
बजार क्षेत्र र गाउँको मुख्यबाटोहरुमा ढल तथा नालीको समस्या, प्रयाप्त मात्रमा पिसिआर टेष्ट नहुदा समुदायमा कोरोनाको त्रास फैलिने डर भएको र लाखौँ खर्च गरेर आईसोलेशन बनाए तर घरमा बिरामी राख्ने गरेको स्थानिय सभाका संयोजक लिलाधर न्युरेले बताए ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागि सन्चारको आयोजनामा स्थानीय सभाको बैठक सम्पन्न भएको थियो । बैठकको सहजीकरण पारस्पारिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक ओम जोशीले गरेका थिए ।
बैठकमा स्थानिय सभाका संयोजक लिलाधर न्युरे, साझेदारी मंचका सह संयोजक पवन बोगटी, महादेवा रेडियो श्रोता समुह सहजकर्ता प्रेम जोशी, पत्रकार घनश्याम पौडेल र पारस्पारिक जवाफदेहीता परियोजनाका अभियान अधिकारी निराजन परियार लगाएत स्थानीय सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया