कोरोना संक्रमित बढेपछि विराटनगरमा फेरि लकडाउन गरिने
विराटनगर । कोरोनाभाइरस (कोभिड १९)को संक्रमण बढ्न थालेपछि मोरङको विराटनगर महानगरपालिकाले लकडाउन लगाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको महानगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले कोरोनाको ज्योखिम न्यूनिकरणका लागि आजै मध्यरातिबाट लागू हुने गरी लकडाउन लगाउने निर्णय गरेको हो ।
बैठकले कोरोनाको जोखिम बढेपछि विराटनगर महानगरभर साउन १६ गते मध्यरातिदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय भएको हो ।
लकडाउनको अवधिभर व्यापार व्यवसायसहित सम्पूर्ण बजार ठप्प रहने मेयर भीम पराजुलीले जानकारी दिएका छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया