सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढी उप–महानगरपालिका आफै आईसोलेशन निर्माणमा जुट्यो


धनगढी । प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माणमा जुटेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आईसोलेशन तयारीको चरणमा पुगेको छ । हामीले चिकित्सकहरु संग सल्लाह लिएका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, बढीमा १ सय सैया सम्मको आईसोलेशन निर्माण गर्न सकिने राय चिकित्सकहरुले दिएका छन् ।
यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताए । सेती प्रादेशीक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा तयार गरेपनि संक्रमितहरुको संख्या बढेकाले आईसोलेशनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने, सबै स्थानीयतहले आफै आईसोलेशन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।
उप–महानगरपालिकाले तयार गर्न लागेको आईसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए । उनले भने, नगरका स्वास्थ्यकर्मी र प्राविधिक टिम रातदिन खटेर काम गरिरहेको छ ।
धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण बरालले एक दुई दिनमा नै संचालनमा ल्याउन सक्ने गरि आईसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताए । प्रदेश सरकारले सुरुमै गेटा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा तयारी गरेको भए अहिले अवश्यकता अनुसार आईसोलेशन कक्ष त्यही थप गर्न सकिन्थ्यो संयोजक बरालले भने, बिरामीको चाप भैरहने सेती प्रादेशीक अस्पताललाई कोरोना अस्पताल बनाउँदा संक्रमितहरुको उपचारमा समस्या भएको हो । गेटा मेडिकल कलेजमा ५ सय भन्दा बढी आईसोलेशन कक्ष बनाउन सक्ने ठाउँ छ बराले भने, त्यहाँ सुरुमै बनाएको भए प्रदेशभरी नै आईसोलेशनको समस्या हुने थिएन । अहिले स्थानीयतहरु समस्यामा रहेको उनले बताए ।

  • ५ असार २०७७, शुक्रबार ०५:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU