सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेरुजु असुली गर्दै दुर्गाथली गाँउपालिका

डीबी विष्ट, बझाङ । गाउँपालिकाको बजेटबाट आर्थीक कारोबार गरि बेरुजु देखिएका ब्यक्ति समुह र फर्मबाट दुर्गाथली गाउँपालिकाकाले बेरुजु असुल उपर गरि रहेको छ । गाउँपालिकाकाले गत आर्थिक बर्षमा महा लेखा परिक्षकको प्रारम्भीक प्रतिबेदनबाट देखिएको पाँच करोड ५० लाख रकमलाई असुल उपर तथा कागजपत्र मिलानका लागी पालिकाले सम्बन्धीत निकायलाई पत्राचार गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज उपाध्यायले भने, नेपाल सरकारले बेरुजुलाई शुन्यमा झार्ने लक्ष लिएको हुँदा गाउँपालिकाको ठूलो परिमाणमा रहेको बेरुजुलाई कम गर्न थालेको रहेको छ । चार महिना अगाडी दुर्गाथली गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी पाएका उपाध्यायले गत आर्थिक बर्षका साथै अघिल्ला बर्षहरुको बेरुजुलाई पनि घटाउन प्रकृया अगाडी बढाएका छन् ।
दुर्गाथली गाउँपालिकाको गत आर्थिक बर्षको १२ करोड पूर्वाधार खर्चमा ५० प्रतिसत जती बेरुजु देखिएको पनि उनले भने । गाउँपालिकाकाले अहिले १६ जनाबाट गत आर्थिक बर्षको बाँकी रहेको हरहिसाब तथा कागजपत्र मिलाएको र अन्य बेरुजु फच्यौटका लागी पनि ताकेता गरिरहेको छ । दुर्गाथली गाउँपालिकामा प्रशासकिय अधिकृत सहित लेखा अधिकृत पनि नयाँ युवा अधिकृतहरु पोस्टिङ भएर आए पछि बिगतको प्रकृया नपुगेर काम गर्ने तौर तरिकालाई सुधार गरि अहिले निती कानुन अनुसार काम भई रहेको गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले बताए ।
उनले भने बिगतका बर्षमा कानुनी तथा ब्यबहारिक समस्याका कारण गाउँपालिकामा बेरुजु धेरै भएको हुँदा यो आर्थिक बर्षमा निती नियम अनुसार काम अगाडी बढाएको बताउनुभयो । महालेखा परिक्षकको प्रारभिक प्रतिबेदन अनुसार अधिकाशं ठेक्का पट्टा सन्चालन भएका योजनाहरुका साथै कार्यलय प्रोजनका लागी खरिद सामाग्री र अन्य सचेतनाका कार्यक्रममा पनि बेरुजु देखिएको छ । दुर्गा थली गाउँपालिकामा बिगतमा निती प्रकृया अनुसार काम नगरि ब्यवहारिक रुपमा कतीपय प्रकृया र कागजपत्र नपुरयाएर काम गरि बढी बेरुजु देखीएको हुँदा यो आर्थिक बर्षमा आर्थिक कारेवारमा कडाई गरेको छ ।
दुर्गाथली गाउँपालिका जस्तै बझाङ अन्य पालिकाहरुमा पनि प्रमुख प्रशासकिय अधिकृतहरु नभए निमित्त प्रमुख प्रशासकिय अधिकृतहरु स्थानीय कर्मचारी हुँदा सबै पालिकाहरुमा बेरुजुको रकम बढ्दै गएको देखिन्छ । अहिले नेपाल सरकारले स्थानीय तहमा आन्तरिक लेखापरिक्षकको दरबन्दी स्थापना गरि आर्थिक शुसासनमा सहज भएतापनि कतीपय योजना कार्यक्रमहरुमा जनप्रतिनिधीहरुको भन्सुन र ब्यबहारिक समस्याले पनि बेरुजु बढ्दै गएको देखिएको छ ।

  • १ असार २०७७, सोमबार ०४:५० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU