सुदुरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि अनलाइन छलफल , सामाजिक दूरी कायम गर्न आग्रह (भिडियो सहित) "सुदूरपश्चिममा दैनिक दुईहजार भन्दा बढी नागरिक भारतबाट भित्रिदै "
जेठ १४, धनगढी । एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागी सञ्चारको आयोजनामा बिहिबार सुदूरपश्चिमको स्वास्थ्य अवस्था र चुनौतीबारे भिडियो कन्फीरेन्समा छलफल गरिएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट बच्नका लागी सबैले सामाजिक दुरी कायम गर्न र लकडाउनलाई पुर्ण पालना गर्न जोड दिन सरोकारवालाले जोड दिएका छन् ।
कन्फिरेन्सको सुरुवातमा पत्रकार पाण्डव पुजारा र निराजन परियार गौरिफन्टा सिमा क्षेत्रको बस्तुस्थितीबारे दृष्य सहित जानकारी गराएका थिए । दृष्यमा भारतबाट आईरहेका हजारौँ नेपालीहरु र उनिहरुले भोगेका दुख उनिहरुकै आवाजमा थियो ।
पत्रकार मोहन शाहीले डोटीको स्थितीबारे जानकारी दिदै ५ दिनको अवधीमा मात्रै ३५ सय भन्दा बढी भारतबाट डोटीमा भित्रिएको बताए । भारतबाट आएकाहरुलाई कहाँ राख्ने भन्ने अब समस्या भएको जानकारी दिए ।
अछाम स्थित नागरिक समाजका तर्फबाट बलबहादुर केसीले नागरिक समाज सञ्जालले सेचेतनाका कार्यक्रमहरु संचालन गरेको र राहतका कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले कोरोना भाईरस (कोभिड १९) को स्थितिको बारेमा नयाँ अपडेट गरे । आरडिटी र पिसिआर गरी २५ हजार ८ सय ८८ जनाको जाँच गरेको बताए ।
सिमा नाका सिल भनिएको भएपनि नागरिकहरु हजारौँको संख्यामा आईरहेका भन्दै विश्व स्वास्थ संगठनका अनुसार एकदेशबाट अर्को देशमा मानिसहरुलाई हस्तान्तरण गर्दा कोभिड फ्रि छ भनेर हस्तान्तरण गर्नु पर्ने भनिए पनि त्यो स्थिती कार्यान्वयन नभएको भन्दै कुटनितीक पहल गर्न आवश्यक भएको बताए ।

सुदूरपीश्चम प्रहरी प्रमुख उत्तम सुवेदीले सबै सहभागीहरुलाई फलदायी संवादका लागि धन्यवाद दिए । सुदूरपश्चिम तेश्रो चरणमा भएको भन्दै नागरिकहरुलाई निकै सजग रहनका लागी आग्रह गरे । साथै बैठकमा सहभागीहरुको विचारलाई पूर्णरुपले समर्थन गर्दै नेपाल प्रहरीले लकडाउनलाई पुर्ण पालना गराउन तिर लागेको भन्दै आवश्यक परेमा प्रहरीमा सम्पर्क गर्न अनुरोध गरे ।
धनगढी उपमहनगरपालिकाका मेयर नृपबहादुर वडले काममा खटिरहने स्वास्थ र सुरक्षाकर्मिहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि यसरीनै साथ दिन अनुरोध गरेका छन् । उनले लकडाउन सुरुभएको १५ दिन भित्र भारत तथा अन्य देशहरुबाट नागरिकहरुलाई भित्र्याई सक्नुपर्ने भन्दै अब स्वास्थ क्षेत्रमा अलि चुनौती देखिएको भएपनि सामाजिक दूरी कायम गरे कोरोनाबाट बच्न सकिने बताए ।
बैठकको सञ्चालन वरिष्ठ पत्रकार उमीद बागचन्दले गर्दै प्राईभेट अस्पतालहरु व्यवस्थित तरिकाले अगाडी बढ्न आवश्यक भएको बताए ।
यो हेर्नुहोस भिडियो
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया