सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कोरोना कहरले पलाएको मनोभाव

सन् २०१९ को अन्त्यसँगै चीनमा एउटा नयाँ भाइरसको उदय भयो । वैज्ञानिकहरूले यसलाई कोरोना भाइरस (कोभिड १९) नामाकरण गरेका छन् । चीनबाट प्रारम्भ भएको यो विषाणु विश्व भरनै फैलिसकेको छ । यस भाइरसबाट संसारका कुनै पनि देश अछुतो रहन सकेका छैन र नेपाल पनि अछुत रहने सम्भावना रहेन । नेपालमा दिनहुँ संक्रमितको संङख्या बढ्दो क्रममा छ र केहिको मृत्यु पनि भैसकेको छ ।
कोरोना नियन्त्रणको अवस्थामा रहे पनी अहिले यो लेख लेख्ने समय सम्म देश पुर्ण रुपमा बन्दाबन्धीमा (लकडाउन) रहेको दुई महिना भैसकेको छ । लकडाउनले हाम्रो जिवनमाशैलीमा थुप्रै परिवर्तन ल्याएको छ । दैनिक तालिका देखी खानपानमा यसले प्रत्यक्ष असर पारेको छ । तुलनात्मक दृष्ठिकोणले हेर्दा गाउँ घर तिर भन्दा सहर बजारका मानिसहरु काम बिहिन र सामाजिक सम्पर्क बिहिन भएका छन । लकडाउनको यो दुइ महिना अवधिमा व्यस्त रहने सहरको सुनसान र दिनरात घर भित्रैको बासले एक बैशालु युवाको मनमा असंख्यीत भाव उब्जिनु स्वभाविक जस्तै लाग्छ र मेरा मनमा पनि उब्जिएका छन ।
लकडाउनले मेरा मनमा उब्जिएका कयौ भाव मध्यको एक अति सामन्य भाव, यदि कोरोना नियन्त्रणमा आए पछि के जिवन पहिलेको जस्तै सामान्य होला त ? मेरो दैनिकी पुर्ण पहिले जस्ता होलान तर लकडाउन भन्दा पहिले जस्तै मर्निङ वाक जाँदा देखिने भिड के होला ? ति जिममा देखिने अनुहारको संख्या तेतिनै होला त ? घरदेखि अफिस सम्मको यात्रामा दिनहुँ भेटिनी अनुहारले अभिवादनमा हातनै अघि बढाउलान त ? अफिस जादा बस कुर्ने ठाउँमा हुने मानिसहरु तेतिनै होलान तरुरु त्यो बसको ढेलमढेल तेस्तै रहला त ? अफिसमा भेटहुने देशका बिभिन्न भेगका सहकर्मी मित्रहरुको भौतिक व्यवहार तेस्तै रहला ? भेटहुदा बित्तिकै गम्लाङ्ग आङ्गालो हाल्ने साथीहरुले तेसरीनै अङ्गालो हाल्लान ? दिउसो खाजा खाने ठाउँको हुलले के पहिले जस्तै एकै साथ खाजा त्यो चमेना गृहमा हुल बाधेर खाला ? मेरो अफिसको अगाडिको सरकारी कार्यलयमा दिनहुँ लाग्ने सेवाग्राहीको भिड त्यसरीनै अव्यवस्थित तरिकामा लाग्लारुरुसाप्ताहिक जसो जाने त्यो सिनेमाहलमा दर्शकको चाप तेस्तै होला ? कलिले काँही मनोरञ्जनका लागी जादा जहिले भरिने त्यो रेस्टुरेन्ट तेस्तै भरी होला ? कुनै नयाँ मान्छेसंग परिचय गर्दा मेरो दायाँ हात अघि बढेर अर्को दायाँ भेटाउला कि दायाँ हातले आफ्नै बायाँ हात भेटाउलारुरु एउटै पिलेटमा चाउमिन खानी मित्रले फेरि तेसरी नै खाला कि नखाला रुरु यस्तै धेरै प्रश्नका भावहरु मनै मन उत्पन्न भएका छन । सायद यस्तै थुप्रै भावहरु धैरैका मनमा उब्जिएका छन होला, जस्को विज्ञहरुले अनुमान र बिश्लेषण त गरेका छन तर उत्तरका लागी समयको प्रतीक्षा भन्दा अरु कुनै विकल्प छैन। तेसैले कोरोना विरुद्ध सिङ्गो मानव सभ्यताको यो लडाइमा मानव सभ्यताको बिजयका लागी सबै घर बाहिरका कामलाइ थाती राखी घरमै बसि लकडाउनको पालना गर्दै लडाइ लड्दै ति उब्जिएका प्रश्नका उत्तरका लागी मानव सभ्यताको बिजयको क्षण र समयको उत्तरको प्रतीक्षा गरिरहेको छु ।
सचेत सहौ ,
माक्सको प्रयोग गरो,
घरमै बसौ ,
अति आवश्यक काम भन्दा बाहेक बहिए नजाउ,
कोरोना विरुद्धको युद्धमा बिजयका लागि लकडाउनको पुर्ण पालना गरौ ।

  • १० जेष्ठ २०७७, शनिबार ०६:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति
    टिक्दैन नियन्त्रित लोकतन्त्र
    देशको समृद्धि नाराले होइन, नागरिकको अनुहारमा देखिने मुस्कानले मापन हुन्छ ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU