सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भारत स्थित रामपुरको क्वारेन्टाईनमा बसेकी महिलाको गर्भपतन ः महिलाको ज्यान जोखिममा


डीबी विष्ट, बझाङ । घरमा एक छाक खान पनि धौ धौ भएपछि ९ महिना अघि बझाङको थलारा गाँउपालिका वडा नम्बर २ का जनक नेपाली आफ्नो श्रीमती सहति लिएर रोजगारीको खोजीमा भारत पुगे । उनले भारतमा करिब ९ महिना बसेर विभिन्न शहरमा रोजगारी गरि जीविका चलाए । ९ महिनाको समयमा उनले घरका लागी केही आर्थिक समेत जम्मा गर्न भ्याए । अलिकती रकम जम्मा गरेपछि नयाँ बर्ष आफन्त परिवारहरु संग मनाउने भन्दै जनक नेपाली र उनको परिवार चैत्र १० गते भारत बाट आफ्नो गाँउका लागी फर्कीए ।
तर कोरोना भाईरस कोभिड १९ को. रोकथामका लागी नेपाल सरकारले गरेको बन्दाबन्दी वा लकडाउनका कारण उनि नेपाल पुग्न पाएन् । भारतकै रामपुर भन्ने ठाँउमा क्वारेन्टाईनमा बस्नु पर्ने बाध्यता उनिहरुको भयो । आज भारतको रामपुरको क्वारेन्टाईनमा बसेको ५२ दिन भयो । जनकको परिवार संगै आएका बझाङको थलारा गाँउपालिकाका ९३ जना रामपुरको क्वारेन्टाईनमा छन् । रामापुरको क्वारेन्टाईनमा अधिकांस महिला बालबालीका रहेका छन् । क्वारेन्टाईनमा बसेको दश दिन पछि त्यहाँ एक महिला सुत्केरी समेत भएको क्वारेन्टाईनमा बसेकाहरुले जनाएका छन् । उनिहरु समस्यामा हुँदा हुँदै फेरी एक जनक नेपालीकी श्रीमती २० बर्षिया सरिता नेपालीलीको उच्च रक्त श्राबका कारण गर्भपतन भएको छ ।
५३ दिनदेखि भारतको रामपुरको क्वारेन्टाइनमा बसिरहेकी उनको अचानक उच्च रक्त श्राब भइ गत मंगलबार राति १२ बजे गर्भपतन भएकोे उनका श्रीमान जनक नेपालीले बताउनु भयो । गर्भवती अवस्थामा पोषीलो युक्त खाना र स्वच्छ पानी नहुनु र बढी तनावका कारण रक्तश्राब भएको उनीहरुको भनाई छ । सरीताको अवस्था अहिले गम्भिर छ । सरिताको यो पहिलो गर्भ रहेको उनका श्रीमान जनक नेपालीले जानकारी दिए ।
पटक पटक जनप्रतिनीधी तथा आफुले चिनेजानेकाहरु संग उद्धार गरि दिन आग्रह गर्दा गर्दै कसैले चाँसो नदीएका कारण आफ्नो पहिलो सन्तान खेर गएको उनले बताए । यहाँ खानेपानी राम्रो छैन । बाथरुमको पानी पिउनु पर्ने बाध्यता छ । खान पनि राम्रो पाईदैन् । कहिले सडेको कहीले काँचो पाको खाना खानु पर्ने बाध्यता आफुहरुको रहेको जसका कारण बच्चा खेर गएको दुख नेपालीले जानकारी दिए । अहिले रक्त श्राव भै रहेको बताउँदै आफ्नो श्रीमतीको ज्यान समेत जोखीममा रहेको उनले बताए । अझै आफुहरु संग अन्य २ जना गर्भवती रहेको र एक जना सुत्केरी समेत भएको बताउदै उनले २० जना स साना बालबालीकाहरु रहेको जानकारि दिए । अहिले सबै अवस्था दिनानु दिन विग्रदै जान थालेको बताए ।
थलारा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का बासिन्दाहरु भारतका विभिन्न शहरबाट आएर ९३ जना उत्तर प्रदेशस्थित रामपुरको एक सार्वजनिक घरमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका छन् । बाथरुमको दुषित पानी र दिनको एक पटक पुरी मात्रै खाएर बस्नुपरेको उनीहरुको गुनासो छ ।
यता थलारा गाउँपालिकाका अध्यक्ष्य भुवनेश्वर उपाध्यायले भने यस्तो खबर सुन्दा आफूहरु दुःखित भएको र अब उद्धारका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । ३ दिनदेखि धनगढीस्थित मुख्यमन्त्रीदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि र प्रशासन कार्यालयमा धाइरहेको अध्यक्ष उपाध्यायको भनाई छ । उनले भने,‘म एकदमै दुखित छु । उहाँहरुकै उद्धारका लागि धनगढी पुगेको हुँ । उद्धारका लागि दुईवटा बस तयारी अवस्थामा राखेका छौं । कैलाली कञ्चनपुरका प्रशासनदेखि मुख्यमन्त्री र विभिन्न नेताहरुसँग लगातार बहस गरिरहेको छौ । काठमाडौंमा पनि माननीय ज्यु मार्फत प्रक्रिया अगाडी बढ्दै छ । संघिय सरकारले अनुमति नदीएका कारण समस्या भएको उहाँले बताउनु भयो । समयमा उद्धार गर्न नसके थप समस्या सृजना हुने उपाध्यायले बताईन् । गाँउपालिकाले पुर्व तयारी गरेर नै उनिहरुको उद्धारका लागी लागी परेको जानकारी दिए । उता रामपुरमा रहेकाहरुले पनि अध्यक्ष अहिले सम्पर्कमा रहेकाले उद्धार हुने आशामा रहेका बताएका छन् ।

  • २ जेष्ठ २०७७, शुक्रबार १०:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU