कैलालीमा एक निजी विद्यालयका सञ्चालकको शव फेला, दुई जना पक्राउ
मुसुरिया । कैलालीको गौरीगंगा नगरपालिका स्थित मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण भुसाल मृत फेला पछि हिजो उनी संगै रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ एक जना साथीले बोलाए पछी उनी मसुरियाबाट ८ किलोमीटर पूर्वतर्फ रहेको घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारतर्फ पुगेका थिए ।
पलमानपुरको एक होटेलमा साथीसँगै मदिरा सेवन गरी साईकलमा घर फर्कदै गर्दा गएराती गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण भुसाल मृत फेला परेका थिए । मृतकको आँखा, मुख, र घुडामा चोटपटक लागेको देखिएको छ । शरिरका धेरै ठाउँमा चोट पटक देखिएकाले हत्या भएको परिवारले बताएका छन ।
प्रहरीले अनुसन्धानका लागि उनिसंगै मदिरा पिएका साथी र होटल संचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतको शब पोस्टमाटम गर्न धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया