सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनु पर्दछ प्रधानमन्त्री ओली

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि प¥यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने ।

 

प्रधानमन्त्री ओलीले शिक्षामा एक बर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताए । ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु’, प्रधानमन्त्री ओलीले भने ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानविन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।

विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाहरुका बिषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिबको नेतृत्वमा एक समिति गठन भएको छ ।

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुनः आयोजना गर्नेगरि स्थगित गरिएको छ ।

  • ३१ भाद्र २०७५, आईतवार ०९:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU