“शान्ती, एकता र मेलमिलापका लागि समर्पित” परिवारिक महोत्सव (भिडियो सहित) "असल परिवार : संमृद्ध नेपाल "
धनगढी । “शान्ती, एकता र मेलमिलापका लागि समर्पित” वैवाहिक प्रतिवद्धता तथा परिवारिक महोत्सव सनिबार धनगढीमा सम्पन्न भएको छ ।

धनगढीका सयौ जोडीको सहभागितामा सम्पन्न परिवारिक महोत्सवको धनगढी उपमहानगरपालिकाका प्रमुख एवँम शान्ति दूत नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख वडले नेपालमा शान्ति स्थापनाका लागि परिवारबाटै शुरु हुनु पर्ने कुरालाई महत्व दिएर आयोजना गरिएको यो कार्यक्रमले सकारात्मक सन्देश दिएको छ भन्दै कार्यक्रममा उपस्थित सबै जोडिहरुलाई कुन परिवारमा सानो तिनो झगडा हुँदैन र तर त्यसलाई झगडाकै रुपमा नलिएर एक अर्काले एक अर्काको कुरा बुझेर अघि बढ्न सक्नु पर्छ भने ।
पिस एम्वेस्टर डम्बर बहादुर पालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वैवाहिक प्रतिवद्धता तथा परिवारिक महोत्सवको महत्व र कार्यक्रमको उद्देश्य माथि विश्व शान्ती परिवार एकता सँघका अध्यक्ष प्रकाशबाबु थापाले प्रकाश पारेका थिए ।
कार्यक्रममा शुवाश शाही, पुष्कर ओझा लगायतका ५ जनालाई पिस एमवस्टर अवार्ड प्रदान गरिएको थियो । जापानबाट आएका २ जोडीको सहभागिता रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया