रेशम चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसलाविरुद्ध राष्ट्रिय विद्रोह सुरु गर्छौं, राजेन्द्र महतो
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ ।

राजपा नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिनु भएको हो ।
पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यसविरुद्ध देशमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गर्नुभयो ।
‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ रु यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर देशमा राष्ट्रिय विद्रोह सुरु हुने’ नेता महतोको दाबी छ ।
नेता महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको रु भनि आक्रोश पनि व्यक्त गर्नु भयो ।
जिल्ला अदालत कैलालीले बुधबार हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो । त्यसप्रति नेता महतोको आपत्ति छ ।
नेता महतोले बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिनु भयो ।
उज्यालो अनलाईनबाट साभार
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया