सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रवीन्द्र अधिकारी -जनताले हराएनन्, दैवले जिताएनन्

काठमाडौं, १६ फागुन। गृह जिल्ला कास्कीमा अन्त्येष्ठि गर्ने निधो भइसकेको छ, बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको ।

उनीसहित अन्य ७ जना सवार भएको हेलिकोप्टर हराएको खबर आउनासाथ सामाजिक सञ्जालमा धेरैले लेखे– मानवीय क्षति नहोस्, दैवसँग प्रार्थना गर्छु । कतिपयले सुनिएको खबर नै गलत होस् भनेर पनि लेखे ।

तिनै रवीन्द्र अधिकारी जसलाई जनताले कहिले पनि हराएनन् । तर, प्रायः सवैको अपेक्षा विपरित दैवले उनलाई जिताएनन् । अन्ततः निधनको खबर पुष्टि भएर आयो ।

विहीबार राजधानीको टुँडीखेलमा उनलाई श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । पछिल्लो पटक वाइडबडी काण्डमा उनलाई विवादमा तानिँदै गर्दा उनले सफाईका अनेक तर्क अघि सारेकै थिए ।

राजनीति गर्दा उनले उठाएका मुद्दा कहिल्यै पनि पराजित भएका थिएनन् । विद्यार्थी राजनीतिमा अतुलनिय उदय गरेका उनकै कार्यकालमा विद्यार्थीका लागि सार्वजनिक सवारी साधनमा भाडाको छुट मिल्यो । धेरैले यहि प्रसङ्गलाई उनलाई श्रद्धाञ्जली दिने क्रममा लेखेका पनि छन् ।

हसिला चेहरामा देखिने उनी यसअघि संविधानसभाको विकास समितिको सभापति थिए । जसले विकासका काममा भएका ढिलासुस्तीको चुस्तताका विषयमा निक्कै प्रभावी काम गरेको थियो । र, उनलाई संघीय संसदको चुनावको जीतले मन्त्री हुने अवसर जुराएको थियो ।

उनी पहिलो, दोस्रो संविधानसभा र संघीय चुनाव गरी तीन पटक उम्मेदवार भए, तीनै पटक जीत हासिल गरे । पहिलो हुँदै तेस्रोसम्म आइपुग्दा उनले जनमतको आकार पनि फराकिलो बनाइसकेको विवरणहरूले पुष्टि गर्छ ।

पहिलो संविधानसभाको निर्वाचनमा कास्की–३ बाट उनी १३ हजार ३ सय ८६ मतले विजयी भएका थिए । ०७० सालमा सोही क्षेत्रमा फेरि मतको ग्राफ बढ्यो । र, उनले १५ हजार ४ सय ५६ मत ल्याएर बिजयीको माला पहिरिए । सोही बेला उनी विकास समिति सभापति भएका थिए ।

संघीय चुनावमा भने साविकको निर्वाचन क्षेत्र नम्बर २ बन्यो, उनलाई जनताले जिताए । जित्ने ग्राफ अझ चढ्यो । उनले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए ।

उमेरले ५० को आसपास दौडिरहेका उनको राजनीतिक छवि र उचाई तिव्रताका साथ बढिरहेको र जनताले जिताइरहँदा भने पाथीभरा मन्दिरको दर्शनका निम्ति जाँदा दैवले उनलाई हराइदिए । जीवनदेखि पराजित गरिदिए र सम्झनामा मात्र सीमित पारिदिए ।
दैनिक नेपालबाट साभार

  • १६ फाल्गुन २०७५, बिहीबार ०६:४१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU