सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

देउवाको जिल्ला पुगेर ओलीले भने -विकास देखेर आत्तिने होइन, खुसी हुनुस्

डडेल्धुरा, ७ फागुन । सुदूरपश्चिममा रहेको पश्चिम सेती परियोजनाको निर्माण कार्य वर्तमान सरकारले चाँडै संचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

लामो समयदेखि अन्यौलमा रहेको देशकै महत्व बोकेको पश्चिम सेती परियोजना आफ्नै नेतृत्वको सरकारले शुभारम्भ गरी सुदूरश्चिम प्रदेश र देशलाई नै जलविद्युतमा निर्भर बनाउने सरकारको योजना रहेको समेत प्रधानमन्त्री ओलीले बताए ।

मंगलबार डडेल्धुरामा रहेको स्याउले १३२र३३र११ केभी सवस्टेशनको उद्घाटन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री ओलीले भने, ‘सरकारले पश्चिम सेतीबाट उत्पादित विद्युतका साथै यस क्षेत्रका अन्य आयोजनाबाट उत्पादन गरिएको विद्युत स्याउले सव स्टेशनले नियन्त्रण तथा वितरण गर्ने क्षमता रहेको छ ।’

स्याउलेमा स्थापना भएको विद्युत सव स्टेशन पहिलो पटक आफू प्रधानमन्त्री हुदाँ कामको शुरुवात गराएको र दोश्रो पटक प्रधानमन्त्री हुँदा सम्पन्न भएको तथा यस कामले सुदूरपश्चिमको विद्युत आपूर्तिमा निकै ठूलो महत्व बोकेको समेत ओलीले बताए ।

वर्तमान सरकार जनताको सरकार भएकोले यसले हरेक जिल्ला, हरेक प्रदेश तथा स्थानीय तहको विकास गरी बेरोजगारी र गरिबी अत्य, भ्रष्टचार नियन्त्रण गर्दै सुशासन स्थापित गर्ने तर्फ केन्द्रित रहेको प्रधानमन्त्रीले ओलीले बताए ।

उनले भने, ‘संविधान निर्माण भयो तर, काम गर्नका लागी आवश्यक कानुन नभएको र अहिले एक वर्षको बिचमा मौलिक हक कार्यान्वयनका लागि संविधानलाई नचिन्ने कानुनहरु संशोधन र संविधान कार्यान्वयका लागि आवश्यक पर्ने कानुनहरु निर्माण भएका छन् ।’

वर्तमान सरकार सुशासन निर्माण गरि विकास निर्माणमा तीव्र गतिमा लागिरहेको समयमा केही व्यक्तिहरु आत्तिएको भन्दै प्रधानमन्त्री ओलीले विकास निर्माण देखेर आत्तिन होइन खुसी हुन आग्रह गरे ।
दैनिक नेपालबाट साभार

  • ७ फाल्गुन २०७५, मंगलवार १३:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU