सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अत्तरियालाई हराउदै, महेन्द्रनगरको पहिलो जित

धनगढी ५फागुन । शरद भेषावकरको टोली महेन्द्रनगर यूनाइटेडले रुस्लान धनगढी प्रिमियर लिगमा पहिलो जित हात पार्दै झिनो प्लेअफ सम्भावना कायमै राखेको छ।


महेन्द्रनगरले आइतबार सम्पन्न खेलमा सिवाइसी अत्तरियालाई ७ विकेटले पराजित गर्दै प्ले अफ सम्भावना जीवितै राखेको हो।

महेन्द्रनगर यूनाइटेडले विदेशी खेलाडीद्धय सुब्रमन्यम आनन्द र मोहम्मद नाभिदलाई ओपनिङमा उतारेको थियो। अत्तरियाबाट समेत उसका विदेशी खेलाडी सन्नी पटेल पहिलो ओभर लिएर आए।

सन्नी पटेलको पहिलो बलमा नै आनन्दले चौका प्रहार गर्दै इनिङको सुरुवात गरे। यस्तै अन्तिम बलमा नाभिदले छक्का प्रहार गर्दै पहिलो ओभरमा महेन्द्रनगरका लागि १३ रन जोडे।

भुवन कार्कीको दोस्रो ओभरमा अत्तरियाले पहिलो सफलता हात पार्यो। चौथो बलमा भुवनले नाभिद९६०लाई जयकिशन कोल्सावालाको हातबाट स्टपिङ गराए। अन्तिम बलमा आनन्दले छक्का प्रहार गर्दै सो ओभरमा टोलीका लागि ८ रन बटुले।

अत्तरियाले तेस्रो ओभर दीपेन्द्र रावतको हातमा थमायो। दीपेन्द्रको दोस्रो बलमा शरदले चौका प्रहार गरे। चौथो बलमा छक्का प्रहार गर्ने क्रममा शरद९५० सन्नी पटेलबाट समातिए। अन्तिम बलमा आनन्दले चौका प्रहार गर्दै सो ओभरबाट टोलीलाई १० रन दिलाए।

चौथो ओभरमा आएका भुवन कार्कीको दोस्रो बलमा आनन्द ९१७० सन्दीप जोराबाट समातिए। चौथो बलमा भने आरिफ सेखले मिडविकेटमा छक्का प्रहार गरे। सो ओभरमा ११ रन जोडेपछि अन्तिम दुई ओभरमा महेन्द्रनगरलाई जितका लागि १२ बलमा १३ रनको आवश्यकता पारेको थियो।

पाँचौ ओभर लिएर सिवाइसी अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरी आफै बलिङमा आएका थिए। चौथो बलमा आरिफ सेखको चौका सहित महेन्द्रनगरले उक्त ओभरमा ११ रन जोड्यो।

अन्तिम ओभरमा २ रन आवश्यक रहँदा सन्नी पटेलको चौथो बलमा चौका प्रहार गर्दै आरिफ सेखले महेन्द्रनगरलाई पहिलो जित दिलाएका थिए।

ओसिलो मैदानका कारण ढिलो गरी खेल सुरु भएपछि खेल ६–६ ओभरमा छोट्याइएको थियो। टस जितेर ब्याटिङ गरेको सिवाइसी अत्तरियाले ६ ओभरमा ५ विकेट गुमाएर ५४ रन जोड्यो।

अत्तरियाका सन्नी पटेलले १९, जयकिशन कोल्सावाला र दीपेन्द्रसिंह ऐरीले १०–१० रन जोडे। यस्तै सन्दीप जोरा, भुवन कार्की र रित गौतमले ४–४ रन जोडे।

अत्तरियाले आफ्नो विदेशी खेलाडीहरुबाट इनिङ्सको सुरुवात गरेको थियो। मेहेन्द्रनगरका लागि पहिलो ओभरमा यूएईका कप्तान समेत रहेका मोहम्मद नाभिद आएका थिए।

दोस्रो बलमा सन्नी पटेलको छक्कासहित पहिलो ओभरमा अत्तरियाले ११ रन जोड्यो। अभिनाश बोहराको दोस्रो ओभरमा पनि जयकिशन कोल्सावालाले एक छक्का प्रहार गरे। सो ओभरमा पनि अत्तरियाले ११ रननै जोड्न सक्यो।

तेस्रो ओभरमा भने महेन्द्रनगरले दुवै ओपनरलाई पवेलियन फर्काउँदै पुनरागमन गर्यो। सागर ढकाललाई तेस्रो बलमा सन्नी पटेलले छक्का प्रहार गरेका थिए। तर, चौथो र पाँचौ बलमा उनले लगातार सन्नी र जयकिशनको विकेट लिए।

चौथो ओभरमा भर्खरै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले ५ रनमात्रै जोड्न सके। पाँचौ ओभरमा अभिनाश बोहराले महेन्द्रनगरका लागि दुई विकेट लिए।

पहिलो बलमा नै उनले सन्दीप जोरालाई तथा तेस्रो बलमा कमलसिंह ऐरीलाई पहिलो बललाई शुन्य रनमानै पवेलियन फर्काइ दिएका थिए।

अन्तिम ओभरमा लिएर महेन्द्रनगरका कप्तान शरद भेषावकर स्वयम बलिङमा आएका थिए। शरदले पहिलो बल वाइड फाले। दोस्रो बलमा दीपेन्द्रले दुई रन लिए भने तेस्रो बलमा मिडविकेटमा लामो छक्का प्रहार गर्ने क्रममा उनी कुशल मल्लको हातबाट क्याच भए।

चौथो र पाँचौ बलमा एक रन लिएको अत्तरियाका लागि अन्तिम बलमा रित गौतमले चौका प्रहार गरेका थिए।

महेन्द्रनगरका लागि अविनाश बोहरा र सागर ढकालले २(२ तथा शरद भेषावकरले १ विकेट लिए।

  • ५ फाल्गुन २०७५, आईतवार ०७:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU