कलाकार रोएर दर्शकलाई हसाउदै, बझाङमा कुरुति विरुद्ध जनचेतना फैलाईदै
डीबी विष्ट बझाङ, १ फागुन । बझाङ जिल्लामा हुने गरेका कुरिति तथा कुसंस्कार विरुद्ध जनचेतना फैलाउने काम तिब्र रुपमा भै रहेको छ ।

जिल्लाको सदरमुकाम चैनपुर तथा ग्रामिण बस्तिहरुमा हुने कुरिती तथा कुसंस्कार विरुद्ध स्थानिय कलाकारहरुले आफु रोएर दर्शकहरुलाई हसाएर जनचेतना फैलाउने काम गर्दै आएका छन् ।
बुधबार बझाङ जिल्लामा रहेको लैङ्गीक हिंशा नियन्त्रण संजाल समितीको आयोजना तथा जयपृथ्वी नगरपालिकाको सहयोगमा चैनपुरको चौराहमा स्थानिय कलाकारहरुले सडक नाटक प्रदर्शन गरेका हुन् । चैनपुरको विच चौराहमा सडक नाटक हेर्नका लागि सायौ मानिसहरुको भिड लागेको थियो ।
सडक नाटक हेर्ने सबै ब्यक्तीहरुको अनुहारमा हाँसो छाएको भए पनि कलाकारहरु भने केहि रिसाउदै र केहि धर धरि रोई रहेका थिए । सडक नाटकमा बाल विवाह, महिला माथि हुने हिंशा , छाउपडी प्रथा, बहु विवाह सासुले बुहारिलाई गर्ने हिंशा, श्रीमानले श्रीमति तथा छोरी बुहारीलाई गर्ने हिंशा आदीका बारेमा र कानुनिकुरा तथा यसले पार्ने सामाजीक, आर्थिक, शारिरिक अबस्थाका बारेमा सडक नाटक प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका निमित्त कार्यलय प्रमुख प्रहरि निरिक्षक जनक बहादुर धामिले बताए । पछिल्लो समयमा लैङ्गीक हिंशा नियन्त्रण संजाल समिती बझाङले जिल्लाको ग्रामिण बस्ति देखी सदरमुकाममा समेत विभिन्न खालका जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको उहाँको भनाई छ ।

अन्य कार्यक्रमहरु भन्दा सडक नाटक बढि प्रभावकारि हुने भएका कारण लैङ्गीक हिंशा नियन्त्रण संजाल समितीले यसमा विषेश जोड दिएको उहाँको भनाई छ । केहि समय अघि बुंगल नगरपालिका, यस्तै तल्कोट गाँउपालिकाको वडा नम्बर एकमा समेत विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरिएको थियो ।
जिल्लामा लैङ्गिक हिंशाका घटनाहरु बढ्न थाले पछि जिल्ला प्रहरी कार्यलय तथा स्थानिय निकायहरुले यस प्रति चाँसो दिदै सडक नाटक तथा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको जयपृथ्वी नगरपालिकाकी प्रबत्ता सविता खड्काले बताईन् ।

जनचेतनामुलक कार्यक्रमहरु मध्ये सबै भन्दा बढि प्रभावकारी सडक नाटक हुने भएका कारण स्थानिय कलाकारहरुलाई साथमा लिएर समाजमा हुने कुरिति तथा कुसंस्कारको अन्त्यका लागि नगरपालिकाले कदम चालेको उहाँको भनाई छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया