सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अन्तिम ओभरसम्म पुगेको खेलमा काठमाण्डौको रोमान्चक जित

धनगढी । धनगढीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट अन्तर्गत काठमान्डौ गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ।

धनगढीले दिएको १३३ रनको बिजयी लक्ष्य काठमाण्डौले एकबल अगावै ६ विकेट गुमाएर पुरा गर्यो।

काठमाण्डौको लागि गौरव तोमर र अनिल शाहले राम्रो सुरुवात दिलाएका थिए। पहिलो विकेटको रुपमा आउट हुनुअघि तोमरले २८ रनको पारि खेल्दै ६ ओभरमा ३२ रनको साझेदारी गरे।

दोश्रो विकेटको लागि भारतीय खेलाडी अंकित दबासले अनिलसँग मिलेर ५७ रनको साझेदारी गरे। दबास २३ बलमा २ चौका र त्यतिनै छक्का हान्दै २६ रन बनाएर मुस्तफाको पहिलो सिकार बनेका थिए। टिमको तेस्रो विकेटको रुपमा अनिल शाह पनि २४ रनको स्कोर बनाएर मुस्तफाकै सिकार बने।

त्यसपछि लगातार ज्ञानेन्द्र मल्ल ३ रन, सोनु तामांग २ रन, योगेन्द्र कार्की २ रन बनाएर आउट भएपछी धनगढी कुनै समय १०४र६ को स्थितिमा थियो।

टिमलाई जितको लागि अन्तिम ओभर ८ रन आबश्यक रहेको बेला बिक्रम भुसाल र मेहबुब आलम क्रिजमा थिए। सोमपाल कामिले युएईका बलर आमिर ह्यातलाई बलिंग गराएका थिए।

पहिलो बलस् आलम १ रन
दोश्रो बलस् बिक्रम नो रन
तेस्रो बलस् बिक्रम १ रन
चौथो बलस् मेहबुब २ रन
पाचौं बलस् मेहबुब चौका

यो संगै सातौँ विकेटको लागि बिक्रम भुसाल र मेहबुब आलमले २।५ ओभरमा २९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। बिक्रमले अविजित १४ रन तथा आलमले अविजित १२ रन बनाए।

बलिंगतर्फ रोहन मुस्तफाले ४ विकेट लिनेक्रममा ४ ओभरमा २७ रन खर्चिए पनि जितको लागि पर्याप्त हुन सकेन। त्यस्तै अमिर ह्यात र बिपिन खत्रीले १र१ विकेट लिए।

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको स्कोर बनायो। उसका लागि अमित श्रेष्ठले पहिलो खेलमा नै अर्धशतक प्रहार गरे।

अमित श्रेष्ठले ५० रनको पारि खेल्दै बोल्ड आउट हुनुअघि ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

रोहन मुस्तफा खाता नखोल्दै रन आउट भएका थिए। धमलाले ३ रन बनाए भने सन्दिप रजाइलीले २८ रन ९३५ बल, ४ चौका० को पारि खेल्दै अमितसँग तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गरे।

त्यस्तै पवन सर्राफले १८ बलमा १ चौका सहित १९ रन बनाउँदा सौरभ खनालले उत्कृस्ट फिनिशिंग गरे। खनालले अविजित २५ रन बनाउन मात्र १० बलमा ३ चौका र १ छक्का हाने। सोमपाल कामि २ बल खेलेर बिना कुनै रन अविजित रहे।

बलिंगतर्फ काठमाण्डौका नन्दन यादवले ३ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिए। त्यस्तै ललित राजबंशी र अंकित दबासले समान १र१ विकेट लिए।

खेलमा ब्याटिंग तर्फ २९ रन तथा बलिंगमा १ विकेट लिएर २१ रन खर्चिएका अंकित दबास प्लेयर अफ द म्याच घोषित भए। उनले १५ हजार रुपैया हात पारे। यस्तै उत्कृस्ट क्याच गर्ने फ़िल्डर सन्दिप रजाइली र गेम चेन्जर खेलाडी बिक्रम भुसाल घोषित भए। बिक्रमले १० बलको सामना गर्दै दबाब समयमा २ छक्का सहित १४ रन बनाएका थिए।

  • २८ माघ २०७५, सोमबार ०७:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU