दुई दिनपछि सर्यो डीपिएल, यस्तो छ नयाँ खेल तालिका
खराब मौसमका कारण रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण दुईदिन पछि धकेलिएको छ।

फाप्ला क्रिकेट मैदानमा शनिबारबाट हुने तय भएको प्रतियोगिता अब सोमबारबाट हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ। लगातार परेको वर्षाका कारण शुक्रबार साँझसम्म फाप्ला मैदानमा पानी जमेको थियो। पीच भने सुरक्षित राखिएको छ।
नयाँ खेलतालिका अनुसार सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।
नेपालखबरबाट साभार
नयाँ तालिका यस्तो छ

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया