सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच भेट वार्ता

काठमाडौं २९ साउन । मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच भेट, महिला तथा बालबालिकाको संरक्षण र सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्यबारे छलफल भएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तीकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा मन्त्री बादीले नेपालमा लैङ्गिक समानता, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा UNFPA ले विगत पाँच दशकदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मन्त्रालय र UNFPA बीचको दीर्घकालीन साझेदारीलाई आगामी दिनमा अझ सुदृढ गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह तथा सामाजिक हानीकारक अभ्यास र कुप्रथाको अन्त्य मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य प्रणाली निर्माणमा UNFPA ले गर्दै आएको प्राविधिक सहयोग महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।

भेटमा सीमान्तीकृत तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायका महिलालाई आत्मनिर्भर, सक्षम र सशक्त बनाउन सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा नेतृत्व विकासका अवसरमा पहुँच विस्तार गर्ने विषयमा विशेष छलफल भएको थियो। सामाजिक न्याय र समावेशी शासनलाई प्रभावकारी बनाउन राज्यका अवसर तथा सेवामा यस्ता समुदायको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण, सबै प्रकारका भेदभावको अन्त्य तथा स्वास्थ्य सेवा, सामाजिक सेवा र कानुनी संरक्षणमा समान र सहज पहुँच सुनिश्चित गर्ने विषयमा समेत सहकार्य विस्तार गर्नेबारे छलफल भएको थियो।

मन्त्री बादीले नेपाल र UNFPA बीचको सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीति अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र विशेषज्ञता हस्तान्तरणमार्फत पारस्परिक साझेदारीका रूपमा थप विस्तार गर्न सकिने बताउनुभयो। महिला, बालबालिका तथा सामाजिक विकासका क्षेत्रमा UNFPA को विशेषज्ञता र अनुभवलाई आगामी सहकार्यको महत्वपूर्ण आधार बनाउँदै थप प्रभावकारी कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

  • २९ श्रावण २०८३, शुक्रबार १५:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU