सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ग्लोबल मिडिया कन्फ्रेन्स – २०२६ जापानको टोकियोमा सन्पन्न

ललिता साह , टोक्यो ९  साउन  । “संचार माध्यम मार्फत विश्वलाई जोडने प्रवासी नेपाली आवाज ” भन्ने नारा सहित संचार क्षेत्रमा नेपाली डायस्पोराको भूमिका र अवस्था माथि छलफल गर्न ग्लोवल मिडिया कन्फ्रेन्स २०२६ जापानको टोकियोमा शुरू भएको छ ।


उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले दुई तिहाईको सरकारबाटै अभिव्यक्ति स्वतन्त्रता खतरामा रहेको बताइन । नेपाल सरकारलाई आरोप लगाउदै भनिन -हुँदा हुँदा मिडिया मार्ने , सरकारी संचार माध्यममै काम गर्ने पत्रकारलाई कामबाट निकाल्ने सरकारको अधिनायकवाद शैलीलाई परास्त गरी लोकतन्त्र ,संविधान, अभिव्यक्ति / प्रेस स्वतन्त्रता रक्षाको आन्दोलन सफल बनाउन डायस्पोराको सहयोग आवश्यक रहेको उनले भनिन -सोसल प्लेट फर्मले फैलाइएको भ्रामक सूचनाको बीच हाम्रा संचार माध्यमले नागरिकलाई सही सुचना दिएर भ्रम चिर्न सफल हुनुपर्छ । जापान सरकारले नेपाल र नेपालीमाथि गरेको सहयोग प्रशंसनीय रहेको अध्यक्ष शर्माले बताए ।

जापानको लागि नेपाली कार्यवाहक राजदूत हरिहर कान्त पौडेलका अनुसार , सरकार र पत्रकार प्रतिद्वन्द्वी नभई नङ र मासुको जस्तो सम्बन्ध छ । अन्य देशको तुलनामा नेपाली प्रेस र पत्रकारको भुमिका अग्रणी भूमिका निर्वाह गरेका छन् । यद्यपि पछिल्लो समय भ्रामक समाचार सम्प्रेषणले पत्रकारिता बदनाम हुदै गएको खतरा देखिएको औँल्याए ।


भौतिक रूपमा टाढा रहेका घरदेश र परदेशलाई जोड्ने प्रवासको पत्रकारिताको महत्व उच्च रहेको नेपाल पत्रकार महासंघको उपाध्यक्ष उम्मीद बागचन्दले बताए । जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले देश र विश्वभर छरिएर रहेका पत्रकारलाई जापानमा बोलाएर हामीले भोगेका , गरेका कार्यानुभव साट्ने महत्पूर्ण अवसरलाई उपलब्धी मुलक बनाउन हाम्रो प्रयत्न रहने बताएका छन् ।


गैर आवासीय नेपाली संघ जापानको वरिष्ठ उपाध्यक्ष रविन शेरचन भन्छन – हाम्रो सम्बन्ध समाचार आदान प्रदानमा मात्र सिमित छैन । ज्ञान , सीप, अर्थ लगायतको विषयमा ठूलो शक्ति भएकोले देश विकासमा यसको प्रयोग गर्न सक्नुपर्छ ।
यो सम्मेलनले विश्वका विभिन्नता देशमा छरिएर रहेका करिब एक करोड नेपालीको आवाज बोल्ने प्रवासमा रहेका पत्रकारको पिडा सम्बोधन गर्ने निर्णय गर्न प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल स्माइल रेमिटका एसिया प्रवन्धक कर्मा सिंह , मोहन पौडेल , राजेन्द्र जम्मरकटेल, भूषण घिमिरे , एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने लगायतका वक्ताहरुले सुझाएका छन् ।


त्यस्तै दुनियाभर रहेका हामी नेपाली पत्रकारहरु विश्व बजारमा श्रम / कर्मसँगै महत्वपूर्ण समय निकालेर संचार क्षेत्रमा कलमले योगदान पुर्याई रहेका छौं । कुनै विभेद विना , पेशागत अधिकारको सुरक्षा गर्न महासंघ अभिभावकको अनुभूति प्रदान गरोस् । हामी डायस्पोरालाई भावनात्मक शक्तिको रुपमा उपयोग गरी प्रविधीमय डायस्पोरा निर्माणमा प्रतिवद्ध रहेको भन्दै नेपाल पत्रकार महासंघ अमेरिका शाखाको अध्यक्षहरु सुरज भण्डारी , युरोपका केजिन राई , कुवेत शाखाको राज मल्ल , दक्षिण कोरियाको संतोष खड्का , नेपाल अष्ट्रेलिया पत्रकार समाज (ऐन्जा )का कृष्ण तिवारी ,बेल्जियम शाखाका ओम शर्मा , युएई शाखाबाट मेघराज सापकोटाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका छन् ।
जापान शाखाका सचिव अर्जुन लामिछानेले संचालन गरेको सम्मेलनमा पत्रकारितामा प्रविधिको प्रभाव :जिम्मेवार पत्रकारिता ,देश र परदेश जोड्न :प्रवास पत्रकारिताको भुमिका ,प्रवासमा रहेको नेपाली समुदाय र मिडियाको सम्बन्ध , पत्रकार महासंघ र वैदेशिक शाखा बीचको सम्बन्ध र मुलुकमा लगानी भित्र्याउन डायस्पोरिक मिडियाको भूमिका विषयमा छलफल गरी निष्कर्ष निकाल्दै रोकियो घोषणापत्र जारी गरी ग्लोवल मिडिया कन्फ्रेन्स २०२६ सम्पन्न हुने नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।

  • ९ श्रावण २०८३, शनिबार १५:०९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU