सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुलिसलाई खप्तड गोल्डकप उपाधि
"अभिषेक आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच "

धनगढी – नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टारलाई १ –० ले पराजित गर्यो ।

पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो । खेलमा निर्णायक गोल गरेका अभिषेक आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भएपनि उपाधि जित्दा खुसी रहेको बताए । ’मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं । समयमा नै गोल निस्केकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने, ’ लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो । अब अन्य प्रतियोगितामा पनि यसै अनुसार अगाडी बढ्नेछौं । मोफसलको प्रदर्शनले अर्को लिगको तयारीको आधार हुनेछ ।’

विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए । उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम(११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए । प्रतियोगिता अवाधिबह्र ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वा्धिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता आरजु राना देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

  • ५ माघ २०७५, शनिबार १४:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU