मृत्यु

हिक्मत शाही
चितामाजलाउनलागेको लास मुखाग्नीको रापखप्ननसकेर जुरुक्क उठेपछि मलामीहरु भाग्नथाले । चिहानघाटमा कोलाहल र खैलाबैलामच्चियो । मलामी संगै मिसिएको सितारामपनिभाग्नथाल्यो । अनोठो चैं के भयो भने भाग्दै गरेको सितारामले पछि फर्केर हेर्दा अघि चिताबाट जुरुक्क उठेको लास उसैलाई लक्षित गरेर पच्याउँदै थियो । अबभने उसको होस हरायो । मर्नु भन्दाबहुलाउनु बेस भनेझै अर्ध बेहोसीको अवस्थामासितारामउत्तर तर्फको गोरेटो पक्रिएर दौडन थाल्यो । कतिमाइल दौडियो त्यसको हेक्काउसले राखेन तर दौडिरह्यो–दौडिरह्यो ।
बडेमानको नदीगोरेटोको मुखैमालम्पसार नभएको भएसितारामको म्याराथन दौड कहाँगएर टुङ्गिन्थ्यो कुन्नि? उ बाध्यता बस नदीकिनारामापुगेर रोकियो । नदीकिनारामापुगेर रोकिए पछि किनहो कुन्नीनचाहेर पनिउसले पछाडि फर्केर हेर्यो । नदीकिनारामाफगत उ एक्लो थियो । अघि उसलाई लखेट्ने लास कुन्नीकता छुटेछ ?उसले सन्तोषको लामो सास फेर्यो किनभने उ कालको मुखबाट जोगिएको थियो ।
नदीकिनारामापुगेपछि मात्रै सितारामलाई तिर्खाले तालु सुकेको अनुभुतीभयो । किनबिलम्बगर्नु थियो र ?उसले आफ्नातिर्खाएकाअन्जुलीअबिलम्बपानीमाचोब्यो । कस्तो आश्चर्य ?नदीको सङ्लो पानीमाउसकोआफ्नो प्रतिबिम्बथिएन । त्यो लास फेरि पनिनहुनुपर्ने ठाउँमा थियो ।
उ जोडले चिच्यायो ।
ब्युझदानिधार भरि चिट्चिट पसिनाथियो । तिर्खाले तालु लागेकाथिए । उसले परेलाखोलेर बिस्तारै कोठामा आँखाफिजायो । निस्पट्ट अन्धकमाउसलाई झनै औडाहा भयो । कोठाकाचारै भित्ता र दलिनले एकैे साथ घाँटी अचेट्न थाले पछि उ खाटबाट जुरुक्क उठ्यो र चिमबाल्यो । चिमको उज्यालो पनिकिनकिनमधुरो लाग्यो उसलाई आज । कोठामा बलेकै चिम छोडेर एक अम्खोरा पानी एकै सासमानिलेर उ फेरि निदाउन पल्टियो । कम्मलओढेर खाटमा घम्लङ्ग पल्टिएको सिताराम केही छिन कोल्टे फर्कियो र फेरि निदायो । बिहान उ ब्युझदा सूर्य निकै उभो लागिसकेकाथिए ।
कुल्लीकामगर्ने सिताराम सानो कोठा बहालमालिएर गेटा आँखा अस्पताल पछाडि बस्छ । खास घर कताहो ? मैले कहिल्यै सोधिन र आफै उसले त्यसको जानकारी दिएन ।
उसले बिहानका सबै काम सकेर चार गास भाट टिप्यो । ढोकामा सानो ताल्चा टाँगेर साइकल डोर्याउदै बाहिर निस्कियो । आगनमापुगेपछि साइकलको सिट टक्टक्यायो , टायरमाहावानाप्यो , चैनको निरीक्षण गर्यो । सबै ठिकठाक भएको ठहर गरेपछि उसले दक्षिण–पश्चिमतर्फको कच्ची सडक पक्रेर साइकलकुदायो । केही छिन मै गेटा आँखा अस्पताललाई बाँयाबाट पछि ठेल्दै उ गेटाको प्रतिक्षालयमापुग्यो ।
धनगढी र अत्तरियालाईजोड्ने मुल सडक सुनसानअनिचकमन्नथियो । साइकल समेत सडकमा थिएनन् । उसले हिजो सात बजेको समाचारमाभोलि नेपाल बन्छ भन्ने समाचार घरपेटिको रेडियोमा सुनेको थियो । जसको हेक्काउसलाई अहिले भयो ।
सुनसानमुल सडक झट्ट समात्नकिनकिन उ हच्कियो ? त्यसैले केही बेर रोकेकै साइकलमागमखायो उसले । उ खै के सोच्दै थियो कुन्नि? ठिक त्यसै समयमाप्रतिक्षालय अगाढीको बासको झ्याङ्बाट एउटा केटी उसको अगाडि प्रकट भई । अप्रत्यासित रुपमा एउटा सुन्दर केटी आफ्नो अगाडि उभिएको देखेर केही क्षणका लागि त सितारामहक्क न बक्कभयो ।
“ दाइकताजाँदै हुनुहुन्छ ? ”त्यो केटीको मधुर आवाजले सितारामको एकाग्रताभङ्गभयो ।
“ तेघरी ! ” संकोच मान्दै छोटो जवाफदियो उसले ।
“दाइ ! अत्तरिया सम्मजानु पर्ने । आजबन्द रैछ साइकलमा लिफ्ट दिनु हुन्छ । ” केटीले बिनम्रतापूर्वक अनुरोध गरि ।
सितारामले मुखले केहीजवाफदिएन तर बस्ने इसारा गरेपछि त्यो अपरिचित केटी थपक्क साइकलमा बसि ।
अर्कै उत्साहअनिउमङ्गका साथ साइकलका पाइडलहरु चल्नथाले । सितारामलाई आजको जतिहलुको साइकलकहिल्यै लागेन ।
लम्बेतान सडकमा दुबै जनागफिदै अगाडि बढ्न थाले ।
उनीहरू बीच के कुरा भयो ? परिचयभयो भएन? केटीको नाम के रैछ ? मैले केहि चालपाउन सकिन ।
केही समयमै साइकलले अत्तरियको सेरोफेरो समातिहाल्यो ।पद्मा अस्पतालको छेउमापुगेर केटीले साइकल रोक्न अनुरोध गरेपछि सितारामले पनिनचाहेरै साइकलमा पाइडल हान्न छोड्यो ।केटीको सुमधुर आवाजमाएकथानधन्यवादथापेर सितारामभारी मन लिएर तेघरी तर्फ उभो सोझियो । अघि सम्मसिमलको भुवाझैं हलुको लागेको साइकल एकै छिनमा टनभन्दा कमलागेन उसलाई ।गरुङ्गो साइकललतार्दै अनि घिसार्दै भएपनिगन्तव्यसम्मपुर्यायो सितारामले ।
खुबकामगर्यो । के गर्यो ? कसरी गर्यो ?कतिगर्यो ?कसको निर्देशनमागर्यो ?किनगर्यो ? केहीचालपाउन सकेन आज । तर कामभने दिन भरि गर्योसितारामले ।
बेलुका फेरि बिहानको झैं एकपटक साइकलजाँच गरेर घरकालागिनिस्कियो सिताराम । कतिखेर अत्तरिया छोइए छ पत्तो भएन तर पनि उ केहि बेरमै अत्तरिया चोकमाथियो । साइकलले अत्तरिया चोक छोडेपछि किनकिन पाइडलको गति सुस्त भयो , सितारामकाआँखा बाटोमाअल्मलिए?
पद्मा अस्पतालको छेउमापुगेपछि उसकाआँखालाई सितिमितिबिश्वास नलाग्ने अनौठो दृश्य देखियो । बिहान बाटोमा छोडेको आकृति त्यतै सडक किनारामा साँझपनि ठिङ्ङ उभिएको देखेर आश्चर्यमापर्यो सिताराम ।
“ दाइ हेर्नु न ! गाडी नै नभेटेर हैरान ।“ बिहानको मधुर स्वर एकपटक फेरि उसकाकानमागुन्जियो ।
“ ठिकै छ ! आउ बस न त !! “ इच्छा त उसको खुसीले उफ्रने थियो तर पनि समाल्यो आफुलाई ।
दुबैले बिहानको झैं बाटोमा के के गफ गरे केहीथाहाभएन तर केही बेरमै उनीहरू प्रतिक्षालय छेउ पुगिसकेकाथिए । सडक फेरि पनि सुनसानथियो बिहानको झै । अबझिसमिसे अँध्यारो पनिहुनलागेको थियो ।
“दाइ , आज मेरा साथीहरु साँझपखपिक्निकखाने भनेर यहिजङ्गलमाजम्माभा छन् । खानाखाएर जानुस् है दाइ । नाईं नभन्नु होला ।“ केटीले बिस्तारै कानमा साउतिमारे पछि सितारामले नाईं भन्न सकेन ।
बाँसको झाङ्मा साइकल अडेस लगाएर दुबै जनाले जंगलको साँघुरो बाटो समातेर अगाडि बढ्न थाले । यन्त्रमानवझैँसितारामले केटीका पदचाँपहरु पच्छ्याई रह्यो । मोहनाको किनारा नपुग्दै बिचजङ्गलमामानिसको कलबलआवाजआएको सितारामले सुन्यो ।
अब त अँध्यारो पनि भैसकेको थियो । यसै बिच , झिलिमिलि बलेकाबत्तीहरु माफतमाममानवीयआकृतिहरु यताउता सल्बलाई रहेकाथिए । आगन्तुकहरु लाई देखेर सबै मिलेर स्वागत गरे तर अँध्यारो भैसकेकाले सितारामले न कसैलाई चिन्यो न उनीहरुका कुरा नै बुझ्यो ।
बनभोजको रमाइलोमामिसिएको सितारामलाई आगो छेउमा बस्न आग्रह गरेर केटी काममातल्लिन भै । सितारामचुपचाप सबै दृश्य हेरिरहेको थियो ।
“दाइखाना लगाउँछु । नत्रतपाईंलाई अबेर हुन्छ ।” भिडबाट उसको परिचित केटी आएर आग्रहगरि ।
“हुन्छ ।” रतिअबेर नगरेर सितारामले जवाफफर्कायो ।
एकै छिनमा उसको अगाडि खानाकातमाम परिकारहरु थुपारिए ।सबै परिकारहरु भन्दा पर मासुको परिकारले उसलाई लोभ्यायो । मासु सितारामलाई असाध्य मनपर्छ । भातसंग मासुको रस मुछेर खानमासुको कटोरा मात्र के घोप्टो गरेको थियो ?मासुकाचोक्टा असरल्लभएर भातको थाल भरि छरिए ।
थालमाझरेको मासुको एउटा टुक्रो उसको औंलामापर्यो त्यो पनिऔंला नै थियो फेरि पनि मान्छे कै ।
अब चैं छाँगाबाट खसे झै भयो सितारामकिनभने मान्छेको मासु उसले जीवनमापहिलो पटक देखेको थियो ।
अर्ध बेहोसीको अवस्थामाउसले आफ्नात्रसितआँखा अगेनाको वरपर फिजायो । उसको एउटा परिचित साथीपनि अरुसंगै रमाइलोमा मस्त थियो । साथीलाई देखेर सितारामको हंसले ठाउँ छोड्यो किनभने त्यसको मृत्यु दुई बर्ष पहिले नै भैसकेको थियो ।
सिताराम डङ्रङ्ङ भुइमा लड्यो । केही बेर छटपटायो पनि र फेरि शान्तभयो ।
उता , संधैजसो सबेरै घर फर्कने सितारामले आजकिनअबेर गरे छ भनेर घरपेटी काकीनिंदाउन सकिरहेकी छैनन् ।
अस्तु…….
लेखक– पदमपव्लिकमुक्तिनारायण माध्यमिक विद्यालय,सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया