आईजीपी कार्कीले अनैतिक कार्य गर्ने अपराधी विरूद्ध खरो रुपमा उत्रिन निर्देशन
खेम राज खनाल कास्की १ पुष । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अनैतिक कार्य गर्नेहरू विरूद्ध खरो रुपमा उत्रिन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

निरीक्षणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका आइजीपी दान कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई उपस्थित गराएर उक्त निर्देशन दिएका हुन्।
अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै आईजीपी कार्कीले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरितका गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रुपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी कानूनी कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न समेत उनले निर्देशन दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया