सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्तः राष्ट्रपति

संखुवासभा १२ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन ।

मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए।

“गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससहित शिक्षालाई मूलतः उद्यमशीलतासँग जोड्नुपर्दछ, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मानिसका आधारभूत आवश्यकताको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्दछ”, उनले भने  ।

राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार हो भन्नुभयो । त्यसैले, राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तिव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाई थियो।

“यसका लागि कृषिलाई आधुनिकिकीकरण, व्यावसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा प्रदान गर्ने गरी आवश्यक पाठय्क्रम र पठनपाठनको वातावरण सृजना हुनुपर्दछ भन्ने म ठान्दछु”,राष्ट्रपति पौडेलले भने । उनले देशको लागि स्वदेशमै केही गरौं भन्ने सृजनशील जनशक्तिको आवश्यकता पनि औल्याए ।

उनले  दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्न नहुने बताए । “यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सृजना गरेर विदेश पलायन भैरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माण गर्न पनि सीपमूलक शिक्षा आजको आवश्यकता हो, यसमा हाम्रो ध्यान केन्द्रीत गरौं”, राष्ट्रपतिले भने  ।

उनले नेपाली जनताको ठूलो बलिदान, त्याग र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र यो व्यवस्थामार्फत समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दै गरेको जनाए । आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको उनको भनाई थियो ।

“एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीब्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जानेछन्, समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको वेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त हो भन्ने चाँही हामीले भुल्नु हुन्न”, राष्ट्रपति पौडेलले भने ।

उनले सुन्दर प्रकृतिले प्रचुर पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा जलविद्युत उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको तथा छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना उत्तिकै रहेको जनाए । “अमूल्य वनस्पति, जडिबुटी र कृषि खेतीको पनि यो उर्वर भूमि हो, मैले भन्दै आएको छु कि हाम्रो देशको विकासको आधार भनेको कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दाको विकास एवम् विस्तार नै हो, जुन यहाँको भांैगोलिक र प्राकृतिक संरचना र स्वरुपले पनि पुष्टि गर्दछ ”, उनले भने ।

  • १२ भाद्र २०८२, बिहीबार १६:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU