सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अख्तियार दुरूपयोग रोक्न जिससलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा राष्ट्रपतिको चासो

काठमाडौं २० श्रावण । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला समन्वय समिति (जिसस)लाई अनुगमनको पूर्णअधिकार दिनुपर्ने बताएका छन् । तीनै तहको सरकारबाट हुने विकास निर्माण, सेवा प्रवाहका क्रममा हुने गरेको अख्तियार दुरुपयोगलाई न्यूनिकरण गर्दै सुशासन कायम गर्न जिससलाई अधिकार सम्पन्न अनुगमनकारी निकाय बनाउनु पर्ने बताएका हुन् ।

ओखलढुंगा जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईसहितको टिमले मंगलबार राष्ट्रपति पौडेललाई भेटेर जिससलाई अनुगमनको क्षेत्रमा पूर्णजिम्मेवार बनाउने गरी नीति निर्माण तहमा पहल गरिदिन आग्रह गरेको थियो । सोही क्रममा राष्ट्रपति पौडेलले तीनै तहको सरकारबाट जाने विकासे बजेटको दुरूपयोगका सम्बन्धमा सु्श्म अनुगमन गरी आवश्यक कारवाहीका लागी सिफरिस गर्ने सम्मको अधिकार दिनुपर्ने कानुनी व्यवस्था गर्न सम्बन्धित निकायलाई दिर्देशन गर्दै आएको बताए ।

‘सबै सरकारले वितरण गरेको विकासका काम कत्तिको प्रभावकारी भएका छन र बजेट के कसरी सदुपयोग वा दुरूपयोग भएको छ भनेर अनुगमन गर्ने अधिकार जिल्ला समन्वय समितिलाई दिनुपर्छ भनेर मैले पटक पटक भन्ने गरेको छु’, जिसस ओखलढुंगाका प्रतिनिधिसँगको भेटमा राष्ट्रपति पौडेलले भने ‘तर कार्यन्वायन गर्ने निकायहरूले आफूसँग यो विषयमा सकारात्मकता देखाएपनि परिणाम परम्परागत अवस्था देखिएको पाएको छु।’ यसमा आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय र सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने पौडेलले बताए ।

पौडेलसँगको भेटमा जिल्ला समन्वया समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई, सदस्यहरू भीमकुमार गौतम, बद्रीविक्रम कार्की,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जीवन शर्मा, सामुदायिक रेडियो प्रशारक संघ कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, नेविसंघका नेताहरू सन्तोष दाहाल,भुवन दाहाललगायको सहभागी थियो । भेटका क्रममा राष्ट्रपति पौडेलले जिल्लाको सुशासन, विकास निर्माण र ऐतिहासिकताका सम्बन्धमा चासो व्यक्त गरेका थिए ।

  • २० श्रावण २०८२, मंगलवार २०:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU