सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘हिल्ड’ मनिषा कोइराला असफल बिहे, अनेक अफेयर

काठमाडौं । नेपाली प्रजातान्त्रिक आन्दोलनका नेता विश्वेश्वरप्रसाद कोइरालाको नामसँग जोडिन्छ, अभिनेत्री मनिषा कोइरालाको नाम । किनभने, उनी साख्खे नातिनी हुन् । भारतको स्वतन्त्रता आन्दोलनमा विपीको भुमिका पनि रहेका कारण बलिउडले उनलाई सहजै स्वीकारेको थियो ।

एक अर्थमा बलिउड छिरेर ९० को दशकमा राम्रा भन्दा राम्रा व्यानर र अभिनेतासँग उनले काम गरिन् । तर, व्यक्तिगत सम्बन्धका चर्चा र गसिपबाट बाहिर निस्कन सकेकी थिइनन् । यद्यपि नेपाली व्यापारी भनिएका सम्राट दहालसँग उनको ९ बर्ष अघि धुमधामका साथ काठमाडौंमा बिहे भएको थियो । तर, उक्त सम्बन्ध लामो समय टिकेन, गुपचुप रूपमा उनीहरू अलग भए ।

मनिषाले धेरै अन्तरवार्ताहरूमा भनेकी छन्,‘वैवाहिक जीवनमा बाँधिनु नै जीवनको ठूलो भुल थियो ।’ मनिषाको दाम्पत्य जीवन सहज नहुनुको पछाडीको कारण पनि शारिरीक सम्बन्धको असन्तुष्टी नै थियो भन्ने चर्चा चल्यो । तर, त्यसपछिको जीवनमा उनले ठूलो प्रलयको सामना गरेपछि तंग्रिइन् । उनलाई पाठेघरको क्यान्सर भएको थियो । अमेरिकामा ५ बर्ष निरन्तर फलोअप चेकअप र शल्यक्रियापछि उनी अहिले सक्रिय छिन् ।

क्यान्सरसँग लड्दा र त्यसपछिको जीवनप्रति उनी खुसी छिन् । त्यसैको अनुभवका आधारमा उनको पुुस्तक आयो– हिल्ड १ यसले उत्तरार्धको जीवनलाई सुखद सुरुआत गराउन थाले पनि मनिषाले बलिउडमा काम गरुञ्जेल विभिन्न अभिनेतासँगको सम्बन्धको भारी बोक्न परेकै थियो । केहीसँग त उनको घनिष्ठ सम्बन्ध रहेको चर्चा जताततै चलेको थियो ।

सम्राट दाहालसँग बिहेपछि मनिषा । फाइल तस्बिर

केही सम्बन्धबारे यहाँ चर्चा गरौं ।

–नेपाली फिल्म फेरि भेटौंलामा अभिनय गरेर बलिउड यात्रा थालेकी मनिषाले ठूलो डेब्यु पाइन । चल्तीका अभिनेता दिलिप कुमार र राजकुुमारसहितको फिल्म सौदागरमा उनको जोडी विवेक मुश्रानसँग थियो । अनस्क्रिन रोमान्स गरेकी उनलाई मुश्रानसँगको व्यक्तिगत अफेयरमा रहेको चर्चा भारतीय मिडियाले गरेका थिए ।

–मुश्रानसँगको सम्बन्ध टुटेपछि मनिषाको पिरतीको गाँठो तत्कालिन अस्ट्रेलियन राजदूत क्रिप्सिन कोनेरीसँग थियो । यसको पुष्टी उनीहरू दुईजनाबीच सन् २००२ मा भएको इन्गेजमेन्टले पुष्टी गरेको थियो । मनिषा उनीसँग लामो सम्बन्धमा रहन सकिनन् ।

–अग्नी साक्षी, खामोसी जस्ता फिल्ममा नाना पाटेकरसँग अभिनय गरेकी मनिषा व्यक्तिगत सम्बन्धको चर्चामा पनि जोडिइन् । तर विवाही पाटेकरसँग उनको व्यक्तिगत सम्बन्धको चर्चा चल्यो, सम्बन्ध कायम रहन सकेन । त्यसपछि मनिषाको नाम हुशेनसँग जोडियो । उनीहरूको रहस्यमय सम्बन्ध पनि लामो समय चलेन ।

–सन् २००३ मा लन्डन गएकी मनिषा त्यही नै नाइजेरियन व्यापारी सेसिलसँग नजिकिइन् । उनलाई भेट्नकै लागि मनिषा लन्डन पुग्थिन् । त्यसपछि मनिषा अर्यान भाइदसँग जोडिन आइपुगिन् । त्यस्तै प्रशान्तसँग पनि उनको नाम जोडियो ।

–त्यसो त सन् २००७ मा उनको संगितकारसन्दीप चोट्वासँग अफेयर रहेको पनि चर्चा थियो । त्यसपछि उनी लेखक तथा खेल परामर्शदाता क्रिष्टोफरसँग रोमान्स गर्न आइपुगिन् । यी कुनै पनि सम्बन्धमा उनी स्थिर रहिनन् या परिस्थितिले स्थिर हुन दिएन ।

जब क्यान्सरसँग लडिन्

बिहे भएको दुुई वर्षमा उनलाई क्यान्सर भयो । जब क्यान्सरसँग लडेकी थिइन्, उनले हिम्मत हारिनन् । उनले कतिपय अन्तरवार्ता र पुस्तकमा पनि भनेकी छन्,‘आत्मविश्वास र सकारात्मक सोचले मलाई क्यान्सरसँग जित्न सफल बनायो ।’

उनी रोगसँग लड्दाका अनेक अनुभवमा रुमल्लिएको संस्मरण पुस्तकमा उतार्दा पटक–पटक रोइन् । उनले अन्तरवार्ताहरूमा भनेकी छन्,‘किताब लेख्दा धेरै पटक रोएँ । एक समयपछि दुःखको कुरा कति गर्ने भन्ने जस्तो लाग्दो रहेछ । यद्यपि, नीलम ९सहलेखक० र म मिलेर किताबलाई प्रकाशनयोग्य बनायौँ । अहिले त किताबको प्रतिक्रिया जान्न उत्सुक छु । पढेका मान्छेलाई किताब कस्तो लाग्यो भन्ने सोधेर हैरान पार्ने गरेकी छु ।’  साभार दैनिक नेपाल डटकम

  • १० पुष २०७५, मंगलवार ०९:५४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU