सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘श्रम क्षेत्रको नीति र कानुनको आधार काँग्रेसले तयार पारेको हो’-सभापति देउवा

काठमाडौँ १० जेष्ठ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानुनको आधार पार्टीले नै तयार पारेको बताएका छन् ।

काँग्रेस, श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको पेसागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा उनले काँग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन, २०१६, श्रम ऐन, २०४८ (संशोधित २०७४) योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ संसदबाट पारित गराएको बताए ।

“मैले नै २०५७ सालमा कमैयाहरूलाई मुक्त गराएको हो, यसर्थ श्रम क्षेत्रको नीति र कानुनको पूर्वाधार काँग्रेसले नै निर्माण गरेको हो, श्रम ऐनको १४५ र १८० लगायतका कतिपय दफाहरू श्रमिक प्रतिकूल भएको र सरकारले तोकेको न्यूनतम ज्यालासमेत श्रम क्षेत्रमा कार्यान्वयन नहुनुमा श्रम निरीक्षण प्रणालीको कमजोरी हुनसक्छ, यसको पुनर्विचार हुन्छ”, सभापति देउवाले भने ।

अन्तर्राष्ट्रिय श्रम संगठनको संगठन गर्ने अधिकारसम्बन्धी अभिसन्धि ८७ नेपालले पारित गर्नुपर्ने एवं संवैधानिक श्रम आयोग गठन हुनुपर्ने कुराका साथै श्रम कानुन परिमार्जन गरी कार्यान्वयनमा ल्याउन काँग्रेसले पहल गर्ने प्रतिबद्धता उनले जनाए । शिक्षा र निजामती विधेयक अघि बढाउने विषयमा पनि पार्टी दृढ रहेको सभापति देउवाले दोहोर्‍याए ।

समाजवादी अवधारणा अनुसार सामाजिक सुरक्षा भत्ता नसक्नेलाई उपलब्ध गराउनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमजीवीलाई योगदानमा आधारित सामाजिक सुरक्षा सहज रूपमा उपलब्ध गराउन कानुन संशोधन गरेर कार्यान्वयन गराउने पनि उनको वाचा छ । अनौपचारिक क्षेत्रका श्रमिकको पहिचान र पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न काँग्रेसले पहल गर्ने सभापति देउवाले बताए ।

राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकतामा राखी युवा जनशक्तिलाई स्वदेशमै रोजगार दिन पहल गरिने सभापति देउवाले बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे र चार्टर्ड एकाउन्टेन्ट अर्जुनकुमार गौतमले श्रमिकका अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि श्रमिकहरूले विचार राख्ने काँग्रेसले जनाएको छ ।

  • १० जेष्ठ २०८२, शनिबार १४:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU