सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नामिबियासँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ । कप्तान जेराहर्ड इरासमसको अलराउन्ड प्रर्दशनमा नामिबियाले क्रिकेट विश्वकप लिग-२ शृंखलामा बिहीबार नेपाललाई २ विकेटले पराजित गरेको छ । नामिबियाले यस शृंखलाको पहिलो खेलमा पनि नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले ३ खेलमा १ मा मात्र विजय हात पार्न सकेको छ । नामिबियाको ३ खेलमा यो दोस्रो विजय हो । इरासमसले ५२ रन बनाएपछि नामिबियाले १ सय ६९ रनको लक्ष्य ४० ओभरमा १ सय ७२ रन बनाउदै पुरा गर्‍यो । नयाँ आएका ब्याटर बर्नान्ड स्कोल्ट्जले २ चौका प्रहार गर्दै नामिबियालाई जित दिलाए । अर्का अविजित ब्याटर जेजे स्मिटले ६६ बल खेलेर १ चौका र २ छक्कासहित ३४ रन बनाए ।

नेपालले दोस्रो ओभरमै निकोलास डेभिनलाई ८ रनमा रनआउट गरी राम्रो सुरुवात गरेको थियो । पाँचौं ओभरमा कप्तान रोहित पौडेलले आफ्नो पहिलो बलमै जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे । माइकल भान लिङ्गेन र कप्तान जेरार्ड इरासमसले तेस्रो विकेटमा ५२ रनको साझेदारी गरे । भान लिङ्गेनलाई कुशल मल्लले आसिफ शेखबाट स्टम्प आउट गराए । उनले ३४ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गरी ३१ रन बनाए ।

त्यसपछि आएका जेन फ्राइलिन्कलाई दीपेन्द्रसिंह ऐरीले ४ रनमा एलबीडब्लु आउट गरे । भुर्तेलले पनि आफ्नो पहिलो ओभरमै विकेट लिए । उनले इरासमसलाई मिडविकेटमा करण केसीबाट क्याच गराई नेपाललाई महत्वपूर्ण विकेट दिलाएका थिए । आफ्नो १३ औं अर्धशतक बनाएका इरासमसले ५६ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

निकोल लफ्टी इटोनलाई भुर्तेलले ५ रनमा आउट गरे । जेन ग्रिनलाई ललित राजवंशीले ६ रनमा बोल्ड गरे । जेजे स्मिट र रुबेन ट्रम्पलमनले आठौं विकेटमा २८ रनको महत्वपूर्ण साझेदारी गरी नामिबियालाई विजयको बाटो देखाए । ट्रम्पलमनले १२ बल खेल्दा २ चौका र १ छक्का प्रहार गरी १६ रनमा आउट भए । उनी भुर्तेलको तेस्रो शिकार भए ।

यसअघि नामिबियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खराब ब्याटिङ गर्दै ३७.१ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।

कुशल भुर्तेल र आसिफ शेखले ६ ओभरमा ३८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर सातौं ओभरमा बर्नान्ड स्कोल्ट्जले डबल विकेट मेडन गर्नेक्रममा भुर्तेल र अनिल शाहलाई आउट गरे । भुर्तेल १६ बल खेल्दा ३ चौका प्रहार गरी १८ रन बनाई एलबीडब्लु आउट भए । अनिल दोस्रो बलमा डक आउट भए ।

जेक ब्रसेलले देव खनाललाई पनि डक आउट गराए । देव ५ बल खेल्दा विकेटकिपरलाई क्याच दिन पुगे । आसिफ र कुशल मल्लले चौँथो विकेटमा ५७ रनको साझेदारी गरे । स्कोल्ट्जले आसिफलाई पनि ५८ रनमा एलबीडब्लु आउट गरे । आसिफको यो लगातार दोस्रो अर्धशतक हो । आसिफले ६४ बल खेल्दा ८ चौका र १ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको १२ औं अर्धशतक हो ।

नेपाली इनिङ्समा शुन्यमा आउट हुने रोहित पौडेल तेस्रो खेलाडी रहे । कप्तान रोहित खाता खोल्नु अघि नै हान्ने चक्करमा आउट भए । त्यसपछि मल्लले पनि धैर्यता गुमाउन पुगे । स्विप गर्ने चक्करमा मल्लले शर्ट फाइन लेगमा क्याच दिन पुगे । छक्का प्रहार गर्दै उनले खाता खोलेका थिए । मल्लले कुल ५२ बल खेली १ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए । भिम सार्कीलाई बोल्ड गर्दै स्कोल्ट्जले चौथो विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे । अर्का स्पिनर निकोल लफ्टी इटोनले पनि ४ विकेट लिए । उनले ६.१ ओभरमा ३४ रन खर्चे । ब्रसेल र कप्तान जेराहर्ड इरासमसले १,१ विकेट लिए ।

आउट हुने अन्तिम खेलाडी करण केसी थिए । गुलशन झाको स्थानमा खेलेका उनले १ चौका र १ छक्का प्रहार गर्दै १२ बलमा १२ रन बनाए ।

नामिबियासॅगको पहिलो खेलमा पहिला ब्याटिङ गरेको नेपाल १ सय ३२ रनमा अलआउट हुदैं ४ विकेटको पराजय बेहोरेको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको प्रभावशाली विजय हात पारेको थियो ।

कान्तिपुर पाेस्ट बाट

  • ९ फाल्गुन २०८०, बुधबार १३:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU