सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा, राहत वितरण व्यवस्थित गर्न निर्देशन

काठमाडौँ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सांसदहरुको टोली भूकम्पबाट भएको क्षतिको अवलोकन तथा राहत र उद्धार कार्यको अनुगमनका लागि प्रभावित क्षेत्र पुगेको छ । समितिको टोलीले बुधबार विहान सुर्खेतलाई केन्द्र बनाएर भइरहेको राहत संकलन र व्यवस्थापनको कामको अनुगमन गरेको छ ।

समितिका सभापति खतिवडाले राहत वितरणलाई शीघ्र व्यवस्थित गर्न निर्देशन दिइएको बताए । ‘भूकम्पबाट अहिलेसम्म करिब १६ हजार घरहरू पूर्ण क्षति भएको तथ्य रहेछ । करिब २ अर्ब ५५ करोड बराबरको धनमालको क्षति भएको आकलन पाइयो,’ खतिवडाले इकान्तिपुरसँग भने, ‘भूकम्पमा मृत्यु भएका १५३ मध्ये अब एक जनाकोमात्रै अन्तिम संस्कार हुन बाँकी रहेछ । त्यसपछि सबैको ध्यान राहत र घाइतेको उपचारमा केन्द्रित गर्नुपर्ने देखिएको छ ।’

सभापति खतिवडाका अनुसार समितिले सरकारलाई कुनै आर्थिक व्ययभार नगरी स्थलगत अनुगमन र सरकारको ध्यानाकर्षण गराउन लागेको हो । ‘हामी आफ्नै खर्चमा यहाँसम्म आएका छौँ । प्रभावित क्षेत्रमा पुगेर पनि त्यहाँको संरचनामा काम गरिरहेका कसैलाई पनि असर पुर्‍याउँदैनौँ,’ उनले भने, ‘भीआइपीहरू आउने र त्यसकाकारण यहाँको प्रशासनिक संरचनामा असर पर्ने अवस्था भयो भने राहत वितरण र व्यवस्थापन प्रभावित हुन्छ भन्ने सबैको चिन्ता देखिन्छ । तर हामी अल्मल्याउने भन्दा पनि यहाँका जनताको दुःखमा मल्हम लगाउने काममा सरकारलाई सघाउन यहाँ आइपुगेका छौँ ।’

सांसदहरूले बुधबार बिहान सुर्खेतमै रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको छ । सो क्रममा राहात वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेको पाइएको सभापति खतिवडाले जानकारी दिए ।

टोलीमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, एमाले सांसद कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङलगायत सांसद्हरू सहभागी छन् ।

कान्तिपुर पाेस्ट बाट

  • २२ कार्तिक २०८०, बुधबार १०:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU