सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘ग्राहक आउँदैनन् भन्ने पीर छैन, माग धान्न सकिन्न कि भनेर डर लाग्छ’
"दैनिक बनाउँछन् चार/पाँच सय वटा दियो, मासिक कमाउँछन् ५० हजार "

बिहीबार बिहान १० बज्नै लागेको थियो।

भक्तपुर नगरपालिका-४ का ४३ वर्षीय गणेशकुमार प्रजापतिले १ सय वटा माटोको दियो (पाला) बनाइसकेका थिए। विद्युतीय चक्र अर्थात् घुम्ने जाँतो एकनासले घुमिरहँदा उनले दुई हातले माटोलाई थिचेर दियो बनाइरहेका थिए।

विद्युतीय चक्र र उनको हात एकनासले चलिरहेको थियो। दियो बनाउँदै काठको उनले काठको पत्तामाथि लाइन मिलाएर राखे।

उनले पाँच/सात मिनेटमै १० ओटा दियो  तयार पारे। पत्ता भरिएपछि वरपरी हेरेर घाम लागेको ठाउँमा सुकाइदिए। उनको घरको वरपरी सानो ठूलो आकारको दियोले भरिएको थियो।

कतै दियो सुकिसकेका थिए। कतै भर्खर सुकाइएको थियो।

भर्खर सुकाइएका कालो र सुकिसकेका रातो रंगका दियोले वरिपरि सुन्दर देखिन्थ्यो। उनको कामसँगै वरिपरि फरक रंगका दियो सुकाइएको हेर्न पर्यटकको भीड देखिन्थ्यो। तर उनी एकनासले काम गरिरहेका थिए। किनकि उनलाई तिहार नजिकिँदै गर्दा माग अनुसारको दियो बनाउन भ्याइनभ्याई छ।

यसपटकको तिहारका लागि ठूलो साइजको १५ हजार र सानो साइजको ६० हजार दियोको अर्डर रहेको उनी बताउँछन्।

‘गत वर्षभन्दा यसवर्ष दियोको माग बढी छ,’ उनले भने, ‘पछिल्लो समय यसको माग बढ्न थालेको छ। माटोका भाँडाले बजार पायो जस्तो लाग्छ।’

उनले व्यापारी वा खुद्रा किन्नेलाई ठूलो आकारको दियो १० रूपैयाँ र सानो दुई रूपैयाँ प्रतिओटामा बेच्छन्।

उनलाई यस पटकको तिहारका लागि झण्डै ७० हजार ‌ओटा दियो बनाउनु छ। त्यसका लागि उनी एक महिनाअघिदेखि खटिएका छन्।

बिहान ५/६ बजेदेखि साँझ ८ बजेसम्म खटिन्छन्।

उनलाई उनकी श्रीमती, छोरा-छोरी, आमा र भाइले माटोको भाँडा बनाउन सघाउँछन्। उनका भाइ र छोराले दियो बनाएर सघाउँछन् भने आमा-छोरी र श्रीमतीले सुकाउने रंग लगाउने बटुल्ने लगायतका काममा सहयोग गर्छन्।

‘माग धेरै थियो, बनाउन नभ्याउने भएर कति जनाले अर्डर नै लिइनँ,’ उनले भने।

आफूले पाएको अडर सबै बनाउन नभ्याउनेभएपछि अरूलाई दिएका छन्। तिहारको समयमा दियोको माग धेरै आउने भएकाले अर्डर पुर्‍याउन धाै-धौ हुने उनी बताउँछन्।

तिहारबाहेक अन्य समयमा पनि उनी माटोका भाँडा बेच्छन्।

उनका अनुसार एकदशक अघिसम्म माटोको गाग्री, हाँडी,घाम्पो, कलश लगायतका सजावटका सामग्रीको धेरै माग हुन्थ्यो। अहिले कलश, खुत्रुके, गमलाको भाँडा, दियो र सजावटका सामानका मात्र माग हुने उनको अनुभव छ।

ग्राहकका माग अनुसार उनले माटोका सजावट सामग्री, गमला र अन्य सामान बनाएर बेच्छन्। उनलाई दसैं-तिहार जहिले उस्तै लाग्छ।

माटोका सामान बिक्री गरेरै मासिक न्यूनतम ५० हजार रूपैयाँको कारोबार हुने उनी बताउँछन्।

‘अर्डर अनुसार कारोबारमा थपघट भइरहन्छ। तर घाटा व्यहोनु परेको छैन,’ उनले भने, ‘मासिक २० हजार रूपैयाँ लगानी गरेर एक लाख रूपैयाँसम्म कमाउन सकिन्छ।’

उनले थपे- त्यसका लागि आफू खट्नुपर्छ।

उनी दैनिक चार/पाँच सय दियो बनाउँछन्। दसैंमा कलश र तिहारमा दियो अलि धेरै बनाउँछन्। अन्य समयमा सजावटका सामग्री बनाउने उनको भनाइ छ।

यसरी माटोलाई सिंगार्न थालेको दुई दशक भइसक्यो। त्यसअघि उनी खेतीपाती गर्थे।

उनी त्यहीका स्थानीय हुन्।

उनका बुबा गणेशबहादुरले माटोका विभिन्न सामग्री उत्पादन गर्थे। उनी त्यही देखेर सिकेर हुर्किए। गणेशलाई त्यतिबेला पनि पढ्ने अवसर पनि थियो। तर कक्षा ४ सम्म पढेर छोडिदिए।

उनका बाबुले माटोका सामग्री बनाउँथे। उनका हजुरबाले त्यही काम गरेको उनले देखेका थिए। उनलाई त्यतिबेला यही पेसा अगाडि बढाउने सोचेकै थिएनन्।

तर सीप सिके काम लाग्छ भनेर जबरजस्ती सिके। पुर्खौली पेसा छोडेर अरू केही गर्छु भन्ने सोचले ज्यालामजदुरी र जग्गा भाडामा लिएर खेतीपाती गरेका थिए। त्यसमा उनले आफूलाई चित्त बुझाउनै नसकेपछि दुई दशक अगाडि पुर्ख्यौली पेसा अगाडि बढाउन थालेको उनले सेतोपाटीलाई बताए।

सुरूआती दिनमा उनलाई बजार कसरी जमाउने भन्ने कठिनाइ थिएन। उनका बुबासँग कारोबार गर्नेले उनकैबाट सामान लैजान्थे। विस्तार-विस्तार आफैंले बजार बनाए।

अहिले  आफूले बनाएका घरमा सजाउने सामग्री खुद्रामा आन्तरिक तथा बाह्य पर्यटकलाई बेच्छन्। गणेशलाई अहिले ग्राहक आउँदैनन् कि भन्ने कुनै पीर छैन, बरू माग गरेअनुसार पुर्‍याउन सक्ने हो कि होइन भन्नेमात्र डर हुने उनले बताए।

‘अहिले यही पेसामा खुसी छु, दुई सन्तानलाई निजी विद्यालयमा पठाएकै छु,घर खर्च चलेकै छ। तर जमाउन भने सकिनँ,’ उनले भने।

विदेशमा गएर अरूको देशमा पसिना बगाउनुभन्दा यही दु:ख सुख गरेर परिवारसँगै बसेर एक छाक खानुमा खुसी हुने उनको बुझाइ छ।

उनले हाँस्दै भने- ‘पैसा चाहिएको भए, विदेश जान्थेँ।’

उनी अब स्वदेशमा पुर्खौली पेसालाई बजार विस्तार गरी पहिचान बनाउन चाहन्छन्। त्यसैले छोरा र छोरीलाई पनि माटोका भाँडा बनाउन सिकाइरहेका छन्।

उनीजस्तै भक्तपुर नगरपालिका-४ को  पोर्टरी स्क्वायरमा ३०/४० परिवार माटोका भाँडा बनाउँछन्। उनीहरूको त्यहाँ माटोका भाँडा सुकाउने र पोल्नका लागि सामूहिक ठाउँ पनि छ।

तिहार नजिकिँदै गर्दा त्यहाँ वरिपरि नै दियोले भरिएको थियो। साथै अन्य सामग्री पनि राखिएका छन्। त्यहाँ अहिले कोही  माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोलिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै अर्डर आएको ठाउँमा सामान पुर्‍याउन तरखरमा देखिन्छन्। यसले पनि तिहार आइरहेको झझल्को दिन्छ।

उनीहरूले त्यहाँ बनाएका सामग्री भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जलगायत विभिन्न ठाउँमा पठाउने गरेका छन्।

सेताेपाटी पाेस्ट बाट

 

  • २१ कार्तिक २०८०, मंगलवार ०९:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU