सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै
"धार्मिक कथा वाचकका रूपमा उदाएका शास्त्री भारतमा हिन्दु सनातनीमाझ जति लोकप्रिय छन्, उत्तिकै विवादित पनि, उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ "

नयाँदिल्ली‚ नवलपुर । धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने भनेर आरोप लाग्दै आएका भारतीय धर्मगुरुलाई अग्रणी व्यापारिक घराना चौधरी समूहले नेपाल ल्याउन लागेको छ । चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउने भएको हो ।

चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शास्त्री आउन लागेका हुन् । शाश्वत धामका व्यवस्थापक अशोक घर्तीका अनुसार शास्त्रीले आगामी भदौ २, ३ र ४ मा कथा वाचन गर्नेछन् । ‘हनुमन्त कथा वाचनका लागि शास्त्रीजी आउँदै हुनुहुन्छ,’ घर्तीले भने, ‘हामी तयारीमा जुटिरहेका छौं ।’ शास्त्री भदौ १ मा नेपाल आएर पशुपतिनाथको दर्शनपछि नवलपुर पुग्ने तयारी छ । उनी कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्नेछन् । उनको कथा वाचन समूह ५० देखि ६० जनासम्मको रहने भनिएको छ । शाश्वत धाम चौधरी समूहको उद्योग ग्राम परिसरमा रहेको छ । त्यहाँ पण्डाल लगाएर कथा वाचनस्थल तयार गरिएको छ । व्यवस्थापक घर्तीका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा सुन्न मिल्ने गरेर स्टेज तयार गरिँदै छ । प्रत्यक्ष उपस्थित नहुनेका लागि सामाजिक सञ्जाल तथा डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइने घर्तीले जानकारी दिए ।

पछिल्ला दिनमा धार्मिक कथा वाचकका रूपमा उदाएका शास्त्री भारतमा हिन्दु सनातनीमाझ जति लोकप्रिय छन्, उत्तिकै विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ । उनले हिंसा भड्काउने खालका घृणास्पद अभिव्यक्ति दिने गरेका छन् । भारतको हरेक धार्मिक सभामा उनले ‘हिन्दुस्थानमा रहना है तो सीताराम कहना है’ भन्ने गरेका छन् । त्यही कारण शास्त्रीलाई अतिवादी हिन्दुहरूको भने साथ छ । शास्त्रीले भारतलाई हिन्दु राष्ट्र बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सबै हिन्दुलाई एक हुन र धर्म रक्षाका लागि हतियार उठाउन उनले सार्वजनिक अपिल नै गरेका छन् । हिन्दुको घरमाथि पत्थर चलाउनेको घरमाथि बुल्डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएर उनले खास समुदायविरुद्ध उक्साउने प्रयाससमेत गरेका छन् । आफूलाई कट्टर हिन्दुवादीका रूपमा प्रस्तुत गर्दै आएका उनले मुस्लिम समुदायलाई लक्ष्य गर्दै उनीहरूलाई घर फिर्ता पठाउनुपर्ने बयानसमेत दिएका छन् । शास्त्रीले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास पनि फैलाउने गरेका छन् । उनको सभामा ‘भूत–प्रेतलाई मानिसको शरीरबाट निकालिएका दृश्य’ देखाउने गरिएको छ ।

धार्मिक सहिष्णुता कायम रहेको मुलुकमा यस्ता विवादास्पद व्यक्तिलाई सत्तारूढ कंग्रेसका सांसदसमेत रहेका विनोद चौधरीको समूहले निम्त्याएको हो । मानवशास्त्री सुरेश ढकाल कट्टर धार्मिक मतका प्रवर्तक शास्त्रीले नेपालमा पनि विभाजक र विखण्डनकारी मतको प्रचार गर्ने खतरा रहेको बताउँछन् । उनी यसलाई भारतीय जनता पार्टीको अतिवादी हिन्दुत्वको राजनीति छिमेकमा पनि प्रसार गर्ने बृहत् योजनाको एक अंगका रूपमा टिप्पणी गर्छन् । ‘समाजमा एउटा विभाजक र अर्को संयोजक शक्ति हुन्छ, विभाजकले समाजलाई टुटाउँछ र संयोजक शक्तिले समाजलाई

जोड्छ,’ उनले भने, ‘तोकेरै हिन्दुबाहेक अरूलाई मानिस नगन्ने शास्त्री प्रवृत्ति स्पष्ट रूपले विभाजक शक्ति हो, नेपालजस्तो शान्त र सहिष्णु समाजलाई असर पार्ने गरी यस्ता विवादित व्यक्तिलाई ल्याउनु आपत्तिजनक मात्र होइन, गैरसंवैधानिक पनि छ ।’ उनले शास्त्रीजस्ता अतिवादका प्रवर्तकलाई राज्य र जनता दुवै चनाखो भएर नेपालमा मञ्च दिन नहुनेमा जोड दिए ।

शास्त्री आफूलाई बालाजी हनुमानको भक्त बताउँछन् । सबै कुरा हनुमानकै आशीर्वादले आफूले गर्दै आएको उनको भनाइ छ । उनी सभामा हजारौंका बीचबाट निश्चित मानिसलाई छनोट गरेर उनलाई परेका समस्या कागजमा लेखेर बताइदिने तथा समाधानका लागि निश्चित पूजा पाठको तरिका सुझाउने गर्छन् । छानिएका मानिसको समस्या सार्वजनिक रूपमै बताउने र सम्बन्धित व्यक्तिले त्यसलाई स्वीकार गर्ने देखिएका कारण उनीमाथि विश्वास गर्नेहरूको संख्या बढ्दै गएको हो । तर निश्चित मानिसलाई मात्रै तोकेर बोलाउने उनको तौरतरिकालाई लिएर शंका तथा प्रश्न उठ्दै आएको छ । शास्त्रीले सेटिङ गरेर खास मानिस छनोट गर्ने गरेको आरोप लाग्दै आएको छ । शास्त्री भने त्यसलाई चिर्न मिडियासमेतको उपयोग गर्छन् ।

शास्त्रीले सभाबाट कुनै पनि व्यक्तिलाई छानेर पठाउन मिडियाकर्मीलाई भनेको भिडियो सार्वजनिक भइसकेको छ । शास्त्रीले भन्ने गरेका छन्, ‘मैले कुनै चमत्कार गरेको होइन, यो सबै बालाजी महाराजको कृपाले हो, म जे बताउँछु, त्यो मैले होइन, बालाजीले बताएको हो ।’ उनले मञ्चमै आफूलाई ढोग्न आएकालाई ‘अछूत’ भनेर छुनबाट रोकेको र आदिवासी समुदायलाई ‘जंगली’ भनेको घटना पनि सार्वजनिक भएका छन् । भारतको अन्धश्रद्धा निर्मूलन समितिले आफूहरूले चुनेको व्यक्तिमाझ चमत्कार देखाउन शास्त्रीलाई सार्वजनिक चुनौती दिनुका साथै त्यसमा सफल भए ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको थियो । चुनौतीलाई स्वीकार गर्नुको साटो शास्त्रीले आफूले गर्दै आएको कामलाई पुष्टि गर्ने विभिन्न भिडियो बाहिर ल्याएका थिए । व्यक्तिको समस्या बताउने उनको क्षमतालाई मनोवैज्ञानिकहरूले ‘माइन्ड रिडिङ’ कला भन्दै आएका छन् ।

मध्य प्रदेशको छतरपुर जिल्लामा रहेको खजुराहो मन्दिरका पुजारी हुँदै कथावाचक र भविष्य वक्ताका रूपमा शास्त्री चिनिएका हुन् । २७ वर्षीय धीरेन्द्रकृष्ण शास्त्रीले आफ्ना हजुरबुबा सैतुलाल गर्गको प्रेरणाबाट पूजापाठमा लागेको बताउने गरेका छन् । उनका हजुरबुबा खजुराहोस्थित प्राचीन शिव मन्दिरमा पुजारी थिए । शास्त्री डिजिटल मिडिया प्लेटफर्म उपयोग गरेर उनले आफूलाई धेरै मानिससमक्ष पुर्‍याउन सफल भएका छन् । राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरू पनि उनको आश्रममा पुगेको तस्बिर आउन थालेपछि उनका अनुयायी दिन बढ्दै गएका हुन् । गत मेमा पटनामा आयोजित उनको सभालाई लिएर त्यहाँकै सत्तारूढ दलका नेताहरूले विरोध गरेका थिए । त्यसका बाबजुद पनि सभामा भीड लागेको थियो ।

कान्तिपुर पाेस्ट बाट

  • २८ श्रावण २०८०, आईतवार ०५:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU