सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

झुम्का कारागारबाट यसरी निस्किए लालबहादुर

विराटनगर । ठगी मुद्दामा सुनसरी जिल्ला अदालतको आदेशमा नौ महिनादेखि थुनामा रहेका इटहरी-१९ वरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा छुट्ने खबरपछि झुम्का कारागारमा बुधबार मानिसको चहलपहल अन्य दिनको तुलनामा बढी थियो ।

लालबहादुरलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङ्याको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै मंगलबार अवैध वित्तीय कारोबार सञ्चाल र ठगी मुद्दामा सफाई दिँदै थुनामुक्त गर्ने आदेश दिएको थियो ।

मंगलबार अदालतको पत्र कार्यालय समयमा नपुग्दा उनी बुधबार छुट्ने हल्ला सर्वत्र फैलिएको थियो । लालबहादुरका परिवारका सदस्य बिहान १० बजेतिरै कारागार पुगेका थिए । त्यसपछि अन्य मानिस जम्मा हुनेक्रम बढ्यो ।

‘नजिकबाट मैले पनि उनलाई देखेको थिइनँ । सर्वत्र चर्चा भएपछि मलाई पनि लालबहादुरलाई नजिकबाट हेर्ने उत्सुकता बढ्यो,’ कारागारका निमित्त प्रमुख कृष्ण सुवेदीले भने, ‘अरुलाई उत्सुकता बढेर कारागारमा जम्मा हुनु स्वाभाभिक थियो ।’ अदालतको थुनामुक्त गर्ने पत्र मेलबाट आउनेबित्तिकै लालबहादुरलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गरिएको सुवेदीले बताए । उनलाई चौकीदार श्रीकुमार राई लगायतको टिमले कारागारबाट बिदाइ गरेका थिए । उनका अनुसार कारागारभित्र बिदाइ कार्यक्रम झण्डै दुई घण्टा चलेको थियो ।

लालबहादुर रिहाई भएको हेर्न तरहरा आसपासका उनका आफन्त र छिमेकी, इटहरी र झुम्काका सर्वसाधारण्को बाक्लो भीड कारागार परिसरमा थियो । त्यहाँ जम्मा भएकाहरुले लालबहादुर निर्दोष हुन् भन्दै विगतमा दबाबमूलक कार्यक्रम पनि गर्दै आएका थिए । उक्त कार्यक्रमका संयोजकसमेत रहेका किशन चौलागाईंले भने, ‘अदालतकै कारण निर्दोष जेल परेको थियो, ढिलै भए पनि अदालतले नै उसलाई न्याय दियो ।’

छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए । ‘मेरो छोरो निर्दोष थियो । उसलाई जबर्जस्ती फसाईको थियो । हर्कबहादुरले भने, ‘उसलाई बचाउन समाज र सारा संघसंस्थाले सहयोग गरे, अदालतले पनि न्याय दियो ।’

अदालतले पतिलाई सफाई दिएपछि ‘निमुखाले पनि न्याय पाउँदोरहेछ’ भन्ने विश्वास कायमै रहेको उनकी पत्नि दिलकुमारीको प्रतिक्रिया थियो । उनले मंसिरदेखि मंगलबारसम्म उच्च अदालत विराटनगर धाउँदा र कानुन व्यवसायीको शुल्क गरेर करिब अढाई लाख रुपैयाँ खर्च भएको र उक्त रकम सबै आफन्त र स्थानीय सहयोगीले स्वत:स्फूर्त उपलब्ध गराएको बताइन् ।

‘नौ महिनाको कारागार बसाई निकै सकसपूर्ण रह्यो । बसाइका क्रममा केही सिक्ने मौका पनि मिल्यो,’ कारागारबाट बाहिर निस्केपछि लालबहादुरको प्रतिक्रिया थियो, ‘एउटा अदालतको आदेशले जेल पठायो, अर्को अदालतको आदेशले घर पठाएर न्यायालय प्रतिको जनविश्वास कायम राख्यो, मप्रति उच्च अदालतले गरेको न्याय मेरा सबै शुभचिन्तक र आफन्तको सद्भाव हो ।’

  • लालबहादुरले यसरी पाए न्याय

इटहरी-२० तरहरामा २०७२ देखि कृष्ण विश्वकर्मा, दिपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा २९ वर्षीय लालबहादुर ज्यालादारी काम गर्दै आएका थिए । ज्वेलर्सका चारैजना साहुसँग मिलेर लालबहादुरले इजाजत नलिई बैंक तथा वित्तीय संस्था सञ्चालन गरेर सर्वसाधारणको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको ठहर गर्दै सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को इजलसले उक्त विगोसहित ठगी मुद्दामा जनही ७० हजार जरिवानासहित डेढ वर्ष थुनामा राख्ने आदेश दिएको थियो । त्यसक्रममा लालबहादुरको भागमा ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगो र ठगीमा ७० हजार जरिवाना र डेढ वर्ष जेल परेको थियो ।

उच्च अदालतको मंगलबारको आदेशले लालबहादुरले दुवै मुद्दामा सफाई पाएर कारागारमुक्त भएका छन् । त्यसैगरी ज्वेलर्स सञ्चालकमध्येका कृष्ण विश्वकर्मा र उनकी छोरी सीता विश्वकर्माले पनि इजाजत नलिई वित्तीय कारोबार गरेको मुद्दामा सफाई पाएका छन् । तर उनीहरुको हकमा ठगी मुद्दामा जिल्ला अदालतकै आदेशलाई उच्चले सदर गरेको छ । उनीहरुलाई ठगी मुद्दामा जनही ७० हजार जरिवाना र एक वर्ष ६ महिना थुनामा राख्ने सुनसरी जिल्ला अदालतको आदेश छ ।

त्यसैगरी ज्वेलर्स सञ्चालकमध्येका दिपक गजमेरको हकमा उच्च अदालतले सुनसरी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । उनको हकमा बिनाइजाजत वित्तीय कारोबार गरेर १८ कराड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ठगी गरेको बिगो र ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना थुनामा राख्ने जिल्ला अदालत सुनसरीको आदेश छ ।

लालबहादुरले गत मंसिर २१ गते जिल्ला अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । यसअघि तोकिएका आठवटा पेसीमा एक पेसीमा प्रत्यर्थी (झझी) झिकाउने, अर्कोमा प्रमाण झिकाउने आदेश हुँदा चारवटा पेसी हेर्न नमिल्ने र दुई स्थगित भएका थिए ।

कान्तिपुर पाेस्ट बाट 

  • १७ श्रावण २०८०, बुधबार ११:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU