मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन
काठमाडौं, १८ कात्तिक । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो १ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

अस्पताल परिसरमा रहेका लेखक दिलनिशानी मगरले तुलाधरको निधन भएको डाक्टरहरूले जनाएको बताए । तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुराइएको थियो ।
तुलाधरका पारिवारिक सदस्य गौरी प्रधानले पनि निधनको पुष्टी गरे । अस्पतालले १ बजे भने पनि तुलाधरको निधन पौने १ बजे भएको अनुमान आफुहरुले गरेको उनले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया