सन्दीपको विराटनगरको पहिलो जित, बुटवल १२ रनले पराजित
पोखरा १४ कार्तिक । पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सले पहिलो खेलमा जित हात पारेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै सन्दीप लामिछानेको टोली विराटनगरले दुई अंक जोडेको हो।

जितसँगै बुटवलले प्रतियोगितामा रहिरहने झिनो आशा कायमै राखेको छ। चार खेल खेलिसक्दा बुटवल दुर्इ अंकका साथ पुछारमै छ। अन्तिम ओभरमा बुटवललार्इ जितका लागि १३ रन आवश्यक भएपनि विराटनगरका किशोर महतोले मेडन ओभर फालेपछि विराटनगरले जित हात पारेको हो।
विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनमात्रै बनाउन सक्यो।
बुटवलका लागि भीम सार्कीले अर्धशतकीय पारी खेलेका थिए। ४२ बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे। यस्तै सागर पुनले २९ र शंकर रानाले २३ रन जोडे।
विराटनगरका कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २–२ विकेट लिए। सहाब अलाम र सुनिल धमलाले एक एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो।
अलामले ४५ बलमा ७२ रनको पारी खेले। सो क्रममा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै प्रदीपसिंह एेरीले ४१ रन जोडे। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बुटवलका ललितसिंह भण्डारीले २ तथा विपिन खत्री, सांसद सेख र सागर पुनले समान १(१ विकेट लिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया