धनगढीमा जनतासँग जनप्रतिनिधि सम्वाद कार्यक्रम सम्पन्न "भिडियो सहित "
धनगढी । एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागि सञ्चार कैलालीले विगत २ वर्ष देखि नागरिकता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्वन्ध विच्छेद र बसाई सराई तथा सरकारी सेवा सुविधामा आमनागरिकको सहज पहुँच बनाउन कार्यक्रम सञ्चालन गरी रहरेको छ ।

यस वर्षको अन्तिम कार्यक्रमको रुपमा मँगलबार धनगढीमा जनतासँग जनप्रतिनिधि सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको अध्यक्षता एफएमडिसीका अध्यक्ष निर्मला बागचन्दले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड रहँनु भएको थियो ।

सो अवसरमा नगरप्रमुख नृपबहादुर वडले यो ५ वर्षको अवधिमा जनताका असिमित आकाँक्षा पुरा गर्न नसकेपनि गाउँगाउँमा सडक, खानेपानी, विजुली, कृषिमा आत्मानिर्भर बनाउने काम गरेको दावी गर्नु भयो । उहाँले भन्नु भयो, दलित समुदाय छात्रछात्रालाई मेयर जेहेन्दार छात्रबृत्ति कार्यक्रम ल्याएको छ ।

एफएमडिसीले सञ्चालन गरेको हामी नेपाली हाम्रो नेपाल एक अभियान कार्यक्रम १९ वटै वडामा सञ्चालन गरेर धनगढी उपमहानगरपालिकालाई ठुलो गुन लगाएको आफुले महसुस गरेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष एवँम एफएमडिसीका अध्यक्ष निर्मला बागचन्दले लामो समय देखि पछिपरेका समुदायको पहिचान र सरकारी सेवा सुविधामा पहुँच बढाउन लागि परेको छ भन्दै समस्यामा परेकाहरुलाई वडाध्यक्षहरुले सकारात्मक रुपमा सहयोगी भावनाले काम गरीदिनु पर्छ भन्नु भयो ।

धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्षहरु,१९ वटै वडाका वडाबासीहरु र प्यारालिगलहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा यो ५ वर्षको अवधिमा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरु दलित समुदायको वजीवनस्तर उकास्ने गरिएको कार्यक्रमको समिक्षा गरिएको अध्ययन प्रतिवेदनमा देखिएका समस्या र योजना अधि बढाउन ध्यानाकर्षण पत्र समेत एफएमडिसीले नगरप्रमुखलाई बुझाएको थियो ।
खास गरी धनगढी उपमहानगरपालिकाका १९ वडाहरु मध्ये १० वडाहरुका वस्तिहरुमा बसोबास गर्ने दलित समुदायका १९९ जना व्यक्तिहरुमा संरचनात्मक प्रश्नावली भित्र रहेर समुह छलफल गरी अध्ययन सम्पन्न गरिएको छ ।
स्थानिय सरकारको योजना र बजेटको अनुगमनमा दलितको सार्थक सहभागिता छ वा छैन भनेर ठोस र सप्रमाण दस्तावेजीकरणरका आधारमा अध्ययन प्रतिवेदन तयार गर्ने प्रयास गरिएको छ ।
कार्यक्रमको सहजिकरण बरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन रसुता जैरुले गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया