डोटीको शिखर नगरपालिकामा डिजिटल सुचना पाटी जडान

डोटी । डोटीको शिखर नगरपालिकामा डिजिटल सुचना पाटी जडान गरी मंगलवार देखि सेवा सुरु गरिएको छ । पहिलो पटक नगर कार्यपालिकामा सेवा ग्राहिको सहज पहुचमा रहने गरि सुचना पार्टी जडान गरिएको हो ।
डिजिटल सुचना पार्टी विधुतिय माध्यमवाट सुचना प्रवाह गर्ने माध्यम हो । बदलिदो सुचनाको प्रविधिलाइ ध्यानमा राखेर यो सुचना पार्टी सुरु गरिएको शिखर नगरपालिकाका सुचना अधिकृत कशिस मल्लले वताए ।
सुचना पार्टीवाट नगरपालिकावाट दिइने सेवा सुविधाहरु, नागरिक वडा पत्र, नगरपालिकाले गरेका हरेक कार्यक्रमहरु, योजनाहरु , नगरपालिका विभिन्न तथ्याङ्कहरु लगायतका राखिएको छ । सुचना पार्टीवाले आम सेवा ग्राहिको सुचनामा सहज पहुच, पारदर्शि र नगरपालिकावाट गरिने हरेक सेवाका गतिविधिका वारेमा कसैलाइ सोध्नै नपर्ने झण्झडवाट समेत मुक्त भएको सुचना अधिकृत मल्लले वताए ।

अव नगरका हरेक नागरिकले आफूलाई लागेका चासोका विषयमा सहजरुपमा सुचना पार्टीवाट सुचना प्राप्त गर्ने शिखर नगरपालिका प्रमुख शिताराम जोशीले वताए । शिखर नगरपालिका वदलिदो संचारको युग संगै सेवा सुविधा लैजान खोजेको नगरप्रमुख जोशीले वताए । अव यस पछि सम्मपूर्ण वडा कार्यालय सम्म यो सुचना पार्टी जडान गरिने नगर प्रमुख जोशीले वताए ।
शिखर नगरपालिकाले यस भन्दा पहिले घर घरमै सेवाको पहुच पुर्याउने उदेश्यले मोवाइल एप्स संचालन गरिसकेको छ । त्यसैगरी सामाजिक सुरक्षाका सम्पूर्ण तथ्यांकहरु समेत अनलाइनमा दर्ता गर्ने काम भएको छ । डिजिटल सुचना पार्टी जडान गरिएको डोटीका स्थानिय तहरुमा यो नगरपालिकामा पहिलो हो
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक




तपाइँको प्रतिक्रिया