सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पाम गाउँका ‘एक्ला’ बालक मनिष

गोरखा ।  २०१४ सालमा स्थापना भएको सिरानचोक गाउँपालिका–२ पाम गाउँको समाजसुधार प्राथमिक विद्यालय २०६८ सालमा बन्द भयो। डिस्ट्रिक सोल्जर बोर्डको सहयोगमा खुलेको गाउँको विद्यालय बन्द हुँदाको पीडा कम गराउन त्यतिबेलाको जिल्ला शिक्षा कार्यालयले ‘कुनै पनि बेला फेरि सञ्चालन हुन सक्नेछ’, भन्ने उल्लेख गरेको थियो। तर, १२ वर्ष बितिसक्दा पनि खुल्ने छाँटकाँट नदेखेपछि फेरि कुनै दिन सो स्कुल खुल्नेछ भन्ने आशा गाउँलेले मारिसकेका छन्।

गाउँको शोभाका रूपमा रहेको स्कुल अहिले खण्डहर बनेको छ। कहिले ठूलो झरी पर्ला भनेर पहिरिने मौका पर्खिरहेको छ। गोरखाको उत्तर पश्चिममा पर्ने नाम चलेको ‘पाम’ गाउँमा ३५ घर थिए। नेपाली, ब्रिटिस र इन्डियन बहालवाला र पूर्वलाहुरेले गाउँ भरिभराउ थियो। गुरुङहरूको मात्र बसोबास रहेको सो गाउँ सम्पन्न र गुल्जार थियो। सुन्दर, शान्त र सुखी गाउँको नमुना थियो पाम।

‘त्यतिबेला विद्यालयमा राम्चे, खमारी र पामका गरेर ७०, ७५ जना विद्यार्थी हुन्थे’, पूर्वप्रधानाध्यापक आशबहादुर गुरुङ भन्छन्, ‘बसाइँसराइका कारण पछि यस्तो समय आयो कि, शिक्षक तीनजना, विद्यार्थी पाँच जना भए। अनि शिक्षा कार्यालयले हामी शिक्षकलाई वरपरको विद्यालयमा पठायो। ती विद्यार्थीहरू पनि कोही चित्रेपोखरी, कोही चिप्लेटी जान थाले।’ त्यही बेलादेखि गाउँ बालबालिकारहित हुन थालेको उनको भनाइ छ।

अहिले पाममा बालबालिकाको नाउँमा मनिष एक्ला छन्। १० वर्षका उनी चित्रेपोखरी माविमा कक्षा ६ मा पढ्छन्। उनीसँग स्कुल जाने साथीसंगी पनि छैनन्, गाउँमा खेल्ने साथी पनि छैनन्। घुलमिल हुने साथी नपाएपछि उनी स्कुल जाँदाबाहेक घरबाट बाहिर निस्कँदैनन्। ‘स्कुल खुलेको बेला त दिनभरि स्कुलमै हुन्छ, बिदा भएका बेलाचाहिँ घरबाट बाहिर निस्कँदैन। कहिलेकहीँ निस्कियो भने उपल्लो घरको ठूलीआमा भएको ठाउँमा जान्छ’, उनका बुबा सुकबहादुर गुरुङ भन्छन्, ‘उसले साथीभाइ भेट्ने भनेकै दसैं–तिहारमामात्र हो। काठमाडौं, गोरखा, चितवन पढ्न गएकाहरू त्यतिबेला गाउँमा फर्कन्छन्।’ आफू मिल्दो साथीसंगी नपाएपछि मनिष गाउँमा कसैसँग घुलमिल नहुने, गाउँ डुल्न पनि ननिस्कने उनी बताउँछन्।

बजारमा राखेर पढाउने खर्च नभएर मनिषलाई घरमै राख्न बाध्य भएको सुकबहादुरको भनाइ छ। ‘सबैले छोराछोरीलाई बजारमा लगेका छन्। मेरोचाहिँ उपाय नभएर घरमै राखेको हो’, उनी भन्छन्। बालबालिका नभए पनि गाउँको सुन्दरता नै हराउने स्थानीयको भोगाइ छ। ‘बालबालिका भनेको गाउँको शोभा रहेछ’, स्थानीय हेमबहादुर गुरुङ भन्छन्, ‘बालबालिका नभएको गाउँ रमाइलो नहुने रहेछ।’

पामका पूर्वलाहुरेहरू अधिकांश गोरखाबजार, काठमाडौं, चितवनमा बसोबास गर्छन्। बहालवाला लाहुरे भने जम्मा एकजना मात्र बाँकी छन्। तर, लाहुरे नभए पनि युवाहरू युरोप, अमेरिकातिर पढ्न र वैदेशिक रोजगारीमा जान थालेपछि गाउँ बालबालिका र युवाविहीन भएको उनको भनाइ छ।
‘बाउलाई विदेश जाने भिसा लाग्नेबित्तिकै आमालाई बजार जाने भिसा लाग्दो रहेछ’, आशबहादुर गुरुङ भन्छन्, ‘बच्चा पढाउने निहुँमा काखको बच्चा लिएर बजार पस्छन्। अनि उसले उतै प्लसटु पास गरेपछि युरोप, अमेरिका, अस्ट्रेलियातिर लागिहाल्छ। गाउँ फर्किने सम्भावना छैन।’ पढ्न, रोजगारी गर्न बाहिर गए पनि आजका मितिसम्म कुनै घर पनि सधैंका लागि ढोका लागेको भने छैन।

‘जहाँ भए पनि दसैं–तिहार चाडबाड गाउँमै मान्न आउँछन्। बिहे, व्रतबन्ध, अर्घौँका रीतभात बुझाउन पनि गाउँमै आउँछन्’, अर्का स्थानीय एकबहादुर गुरुङ भन्छन्, ‘जहाँ बसेको भए पनि बेलाबेला ढोका खोल्न आउँछन्। खेतीपानी भिœयाउन आउँछन्, त्यही भएर कुनै घर पनि बेवारिसे छैन।’ आगामी दिनमा के होला भन्न नसकिने उनको भनाइ छ।

अन्रपुर्ण पाेस्ट बाट

  • २२ श्रावण २०८०, सोमबार १०:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU